माल्दिभ्स द्वारा भुटान पराजित, नेपालले कास्य पदकको लागि माल्दिभ्ससंग खेल्ने

१३ औं दक्षिण एसियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत शनिवार सम्पन्न दोश्रो खेलमा माल्दिभ्सले पहिलो जित दर्ता गर्ने क्रममा भुटानलाई ८ विकेटले पराजित गरेको छ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा भुटानले दिएको ११८ रनको लक्ष्य माल्दिभ्सले १५.१ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

माल्दिभ्सको जितमा उमर एडमले अविजित इनिंग खेल्ने क्रममा सर्वाधिक ३७ रन बनाए । यस्तै एहमद हसनले २९ तथा अज्यान फर्हाथले २२ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको भुटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११७ रन बनाएको थियो। उसको लागि कप्तान जिग्मे सिंगेले सर्वाधिक ४० रन बनाए भने सोनम तोब्गेले २४ रन तथा थिन्ले जम्त्सोले १९ रन बनाए। माल्दिभ्स बलर इब्राहिम हसनले ३ विकेट लिए।

माल्दिभ्स र नेपाल कास्य पदकको लागि खेल्ने 

प्रतियोगितामा माल्दिभ्सको यो पहिलो जित हो भने भुटानको चौथो हार हो। जित पछि माल्दिभ्स अंकतालिकाको चौथो स्थानमा रहेको छ भने भुटान पाँचौ स्थानमा रह्यो।

अब माल्दिभ्सले कास्य पदकको लागि सोमबार बिहान नेपालसंग प्रतिस्पर्धा गर्नेछ। सोहि दिन दिउसो बंगलादेश यु-२३ र श्रीलंका यु-२३ ले स्वर्ण पदकको लागि खेल्नेछन्।

शनिवारै सम्पन्न खेलमा नेपालले बंगलादेशसंग ४४ रनको हार बेहोरेपछि फाइनल पुग्न असफल भएको हो। बंगलादेश र श्रीलंका हालसम्म अपराजित रहेका छन्। आइतबार हुने एक मात्र खेलमा बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन्।

नेपालले लिग चरणको खेलमा माल्दिभ्सलाई ८४ रनले पराजित गरेको थियो। नेपाल पहिलो खेलमा श्रीलंकासग ६ विकेटले पराजित भएको थियो। दोश्रो खेलमा नेपालले भुटानलाई १४१ रनले पराजित गरेको थियो।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]