मेहबुब आलम चम्किदा सप्तरी प्रदेश नं. २ स्तरीय क्रिकेटको च्याम्पियन

१३ मंसिर, रौतहट । रौतहटको चन्द्रपुरमा संचालित सन्तदास कार्कि (दास बावु) तथा रामकुमार कोईराला स्मृति टि २० नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत सप्तरीले बिहिवार सर्लाहिलाई एकपक्षिय खेलमा ४६ रनले पराजित गर्दै उपाधि माथी कब्जा गरेको छ ।

स्व.शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा सर्लाहिका कप्तान राजेश पुलामिले टस जिति पहिलो ब्याटिंगका लागि सप्तरीलाई निम्तो दिए पछि ब्याटिंग गर्न ओर्लेका सप्तरीले निर्धारित २० ओभरको खेलमा ६ विकेटको नोक्सानीमा १ सय २६ रनको योगफल तयार पारेको थियो।

सप्तरीका लागि आशिष झाले ३५ बलमा ३ चौक्का र १ छक्काको मद्धतले ३४ रनको योगदान दिएका थिए भने महवुव आलमले २४ बलमा २ चौक्का र १ छक्काको मद्धतले २४ रन तथा बिकास दासले २४ बलमा १ चौक्का र २ छक्काको मद्धतले नटआउट रहि २८ रनको योगदान दिएका थिए। बलिंग तर्फ सर्लाहिका सन्दिप खडकाले २ विकेट तथा सुशान्त सिंह, समशाद सेख, सोहन यादव र राजेश पुलामिले सामान १ विकेट लिएका थिए ।

१ सय २७ रनको चुनौति लिई मैदानमा ओर्लेको सर्लाहिका ब्याट्सम्यानहरु सप्तरीको घातक बलिंग सामु निरिह हुदै १९ औं ओभरमा ८० रनमै समेटिएको थियो।

सर्लाहिलाई सस्तोमा समेटन सप्तरीका किर्तिमानी खेलाडि मेहबुब आलमले आफनो ४ ओभरको स्पेलमा १ मेडन राख्दै १२ रन दिई महत्वपुर्ण ४ विकेट लिएका थिए। यस्तै उपेन्द्र रोयले ३ विकेट लिंदा ३ खेलाडि भने रनआउट भएका थिए। सर्लाहिका लागि राष्ट्रिय क्रिकेटर समेत रहेका राजेश पुलामिले २१ रन बाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेका थिएनन्।

खेलको म्यान अफ द म्याच सप्तरीका किर्तिमानी खेलाडि महवुव आलम घोषित भएका थिए भने उनले बेष्ट बौलर तथा म्यान अफ द सिरिजको उपाधि समेत हात पारेका थिए । प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान सप्तरीका बिवेक यादव तथा उत्कृष्ट फिल्डर सर्लाहिका सन्दिप खडका भएका थिए । प्रतियोगितामा म्यान अफ द सिरिजलाई रु १० हजार सहित ट्रफि तथा प्रमाण पत्र प्रदान गरिएको थियो भने अन्य बिद्या प्राप्त गर्ने खेलाडिलाई रु. ५ हजार सहित ट्रफि तथा प्रमाण पत्र प्रदान गरिएको थियो । जित संगै सप्तरीले रु. १ लाख नगद प्राप्त गरेका थिए भने सर्लाहिले रु. ५० हजारमै चित्त बुझाएका थिए ।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]