यस्तो रह्यो सन्दीपको चार ओभर…

२०८१ श्रावण १२, शनिबार २२:३४

लामिछानेले पहिलो ओभरमा १८ रन खर्चिएर पहिलो ओभरमा नै मंहगो साबित भए । पावर प्लेको समाप्तीसँगै लामिछाने बलिङमा आएका थिए । प्रगत सिंहलाई पहिलो बल गरेका लामिछानेलाई सिंहले छक्का प्रहार गरे । सातौं ओभरको दोस्रो बलमा सिंहले एक रन लिए ।

तेस्रो बलमा स्ट्राईकमा आएका हरजततुल्लाह जाजईले कुनै रन बनाउँन सकेनन् । चौथो बलमा जाजईले लामिछानेलाई छक्का प्रहार गरे ।

पाँचौ बलमा जाजईले एक रन लिए । स्ट्राईकमा आएका प्रगत सिंहले चौका प्रहार गर्दै लामिछानेको पहिलो ओभरलाई निकै मंहगो साबित गरिदिए ।

११ औं ओभरमा आफ्नो दोस्रो ओभर लिएर आएका सन्दीपले १ विकेट सहित मात्र दुई रन खर्चिए । पहिलो र चौथो बलमा इफ्तिखार अहमद र कप्तान साकिब अल हसनले समान एक एक रन बनाए । ओभरको अन्तिम बलमा बंगालका कप्तान हसनलाई लामिछानेले एलबीडब्लु आउट गराए ।

तेह्रौं ओभरमा तेस्रो ओभर बलिङमा आएका लामिछानेले पहिलो बलमा नै डेविड विजेको विकेट लिदै राम्रो सुरुआत गरेका थिए । त्यसपछिका दुई बलमा लगातार एक एक रन व्यहोरेका लामिछानेले चौथो र पाँचौ बल डट राखेका लामिछानेले अन्तिम बलमा एक रन खर्चिए ।

खेलको पन्ध्रौं ओभरमा लामिछानेले आफ्नो अन्तिम तथा चौथो ओभर लिएर आएका थिए । ओभरको पहिलो बल डट राखेका उनको दोस्रो बलमा इफ्तिखार अहमदले लामो छक्का प्रहार गरे । तेस्रो बलमा अहमदले एक रन लिए । त्यसपछिका लगातार दुई बल डट राखेका लामिछानेले आफ्नो स्पेलको अन्तिम बलमा डेलिन हेलिङ्गरले दुई रन लिए ।

लामिछानेले यस खेलमा चार ओभरमा ३२ रन खर्चिएर दुई महत्वपुर्ण विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy