युनिकर्नलाई हराउँदै वासिङ्टन च्याम्पियन

एजेन्सी । सनफ्रान्सिस्को युनिकर्नलाई पराजित गर्दै वासिङ्टन फ्रिडमले दोस्रो संस्करणको मेजर लिग क्रिकेट जितेको छ । सोमबार बिहान अमेरिकाको डालसमा भएको फाइनल खेलमा वासिङ्टनले ९६ रनको फराकिलो जित हात पारेको हो ।

वासिङ्टनले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको फ्रान्सिस्कोले १६ ओभरमा अल आउट हुदै १ सय ११ रन मात्र बनायो । सनफ्रान्सिस्कोका लागि कर्माल रुक्सले १९ बलमा सर्वाधिक २० रन बनाए । जोस इंग्ल्सिले १८, फिना एलेन, सन्जय कृष्णमुर्ती र प्याट कमिसले समान १३ रन बनाए ।

वासिङ्टनका लागि मार्को यानसन र रचिन रविन्द्रले समान ३, एन्ड्रु टायले २ तथा सौरभ नेत्राभाल्कर र ग्लेन म्याक्वेलले समान १ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वासिङ्टन फ्रिडमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।

वासिङ्टनका लागि कप्तान स्टिभ स्मिथले ५२ बलमा ७ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ८८ रन बनाए । ग्लेन म्याक्सवेलले २२ बलमा ४० रन बनाउँदा आन्र्देश गौसले १४ बलमा २१ रन बनाए । मुख्तार अहमदले अविजित १९, ओबस पिनारले १३ र ट्राभिस हेडले ९ रन बनाए ।

सनफ्रान्स्किो युनिकर्नका लागि प्याट कमिसले २, हसन खान, हरिस रउफ समान १ रन बनाएका थिए । पहिलो वासिङ्टनले पहिलो पटक लिग जितेको हो । पहिलो संस्करणमा एमआई न्युयोर्क च्याम्पियन भएको थियो ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]