युनिसेफको कार्यक्रममा नेपाल आउन लागेका सचिनले टियु मैदानमा प्रदर्शनी खेल खेल्ने

युनिसेफको कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका पुर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरले किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा प्रदर्शनी खेल खेल्ने भएका छन्।

सेतोपाटिमा आज प्रकाशित समाचारका अनुसार नोभेम्बर १६ तारिख शनिवार सचिनले टियु मैदानमा नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान विनोद दासले नेतृत्व गर्ने टिमबीच प्रदर्शनी खेल्न खेल्नेछ। दुवै टिममा स्कुले बालबालिकाहरु सहभागी हुने बताईएको छ।

तेन्दुलकर नेपाल आउने बारे अधिकारिक रुपमा युनिसेफले भने घोषणा गरेको छैन। नेपालमा उनि अन्य के-कस्ता कार्यक्रमहरुमा सहभागी हुनेछन् र कति समय रहनेछन् थाहा भएको छैन।

कीर्तिमानी ब्याट्सम्यान तेन्दुलकर युनिसेफसंग १ दशक भन्दा बढी समय देखि आबद्ध रहेका छन्। सन् २००३ मा भारतको पोलियो अभियानमा जोडिएका सचिनले २०१३ मा युनिसेफ दक्षिण एसियाको गुडविल एम्बासडर चुनिएका थिए।

युनिसेफको कार्यक्रममा भुटान पुगेका सचिनले त्यहाँ पनि बालबालिकासंग क्रिकेट खेलेका थिए

मास्टर ब्लास्टर सचिन तेन्दुलकर अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने क्रिकेटर हुन् जसको नाममा विश्व क्रिकेटका ठुला रेकर्डहरु रहेका छन्। एक दिवसीय र टेस्ट क्रिकेटमा क्रमसः १८ हजार ४ सय २६ र १५ हजार ९ सय २१ रन बनाएका तेन्दुलकर दुवै फर्म्याटमा धेरै रन बनाउने खेलाडी हुन्। यस्तै सचिनले एकदिवसीयमा ४९ र टेस्टमा ५१ गरि कुल १०० शतक बनाएका छन् जुन दुवै फर्म्याटमा र समग्रमा सबैभन्दा धेरै शतक हो।

नेपाल आएका चर्चित क्रिकेटरहरु

यसै वर्ष भदौमा चर्चित इंग्ल्याण्ड क्रिकेटर एन्ड्रु फ्लिनटफ नेपाल आएका थिए। उनि नेपाल आएका ठुला क्रिकेटरहरुमा पर्नेगर्छन्।

हालसम्म नेपालमा कपिल देव, सुनिल गाभस्कर, गोर्डन ग्रिनिज, इमरान खान, महेन्द्रसिंह धोनी, भीभीएस लक्ष्मण, अजय जडेजा नेपाल आइपुगेका छन्। गावस्कर २००५ मा नेपाल आएका थिए भने कपिल देव १९९९ मा नेपालमा आयोजित मास्टर लेजेंड्स कपमा खेल्न नेपाल आएका थिए। मास्टर लेजेंड्स कपमा कपिल देब बाहेक दिलिप भेंगसरकार, बिनोद काम्ब्ली, टोनी ग्रेग, मदन लाल, क्रिस श्रीकान्त, रोजर बिन्नी, चेतन शर्मा, ड्यानी मोरीसन, अब्दुल कादिर जस्ता खेलाडीहरु आएका थिए।

हाल पाकिस्तानका प्रधानमन्त्री इमरान खान ८० को दशकको अन्त्य तिर नेपाल आएका थिए। त्यसबाहक धोनी २०१२ मा बिशेष भ्रमणमा, लक्ष्मण २०१३ मा जर्नी टु वर्ल्ड कप प्रतियोगिताको दौरान तथा जडेजा २०१६ इपिएलको दौरान आएका थिए। पुर्व वेस्ट इन्डिज क्रिकेटर गोर्डन ग्रिनिज १९९८ को एसीसी ट्रफीमा नेपालको प्रशिक्षकको रुपमा छोटो समयको लागि नेपाल आएका थिए।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]