यु-१९ एसिया कप खेल्न नेपाली टिम आज श्रीलंका जाँदै, यस्तो छ खेलतालिका

एसियन क्रिकेट काउन्सिलको आयोजनामा श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ सम्म आयोजना हुने अन्डर-१९ एसियामा सहभागिता जनाउन १९ सदस्यीय नेपाली अन्डर-१९ राष्ट्रिय टिम आज श्रीलंका प्रस्थान गर्दैछ। १५ जना खेलाडी र ४ अफिसियल श्रीलंका जाने टिममा छन्।

टिम आज दिउसो ३:४५ बजे एअर इन्डियाको फ्लाइटबाट भारत हुँदै श्रीलंका पुग्नेछ। टिमको बिदाईमा कुनै औपचारिक कार्यक्रम आयोजना गरिनेछैन। नेपाली टिम आज बिहान पशुपतिनाथ मन्दिर पुगेको थियो भने बिहिबार अभ्यास सके पछि शुक्रबार नगरकोट भ्रमणमा पुगेको थियो।

प्रतियोगिता सुरु हुनु १० दिन अघि श्रीलंका पुग्ने नेपाली टिमले श्रीलंकामा अभ्यास खेल खेल्नेछ। अभ्यास खेल खेल्न टिम हालसम्म तय भएको छैन। सकभर टेस्ट रास्ट्रसंग कम्तिमा एउटा अभ्यास खेल खेल्ने प्रस्ताब नेपाली टिमले गरेको छ। कोसंग खेल्ने भने अझसम्म तय भएको छैन।

भारतीय ब्याटिंग कन्सल्टेन्ट अपुर्भ देसाईले श्रीलंकामा नेपाली टिमलाई सघाउनेछन्

श्रीलंकामा नेपाली टिमलाई अभ्यासमा भारतीय ब्याटिंग प्रशिक्षक अपुर्भ देसाईले सघाउनेछन्। यस अघि पनि नेपाली यु-१९ टिम र सिनियर टिमको ब्याटिंग कन्सल्टेन्ट रहीसकेका देसाईले श्रीलंकामा नेपाली टिमलाई भेट्नेछन् र प्रतियोगिता अवधिभर टिमसंग रहनेछन्।

प्रतियोगिताको लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टिमको घोषणा गरिसकिएको छ। टिममा यस अघि एसीसी यु-१९ इस्टर्न प्रतियोगितामा नरहेका आसिफ शेख, सन्दिप जोरा, सुर्य तामांगले कमब्याक गरेका छन्।

टिममा ब्याटिंगमा रोहित पौडेल, रित गौतम, हरि बहादुर चौहान, कुशल मल्ल, सन्दिप जोरा, भिम शार्की, खडक बोहरा, लोकेस बम जस्ता ब्याट्सम्यान रहेका छन्। यस्तै बलिंगतर्फ प्रतिस जिसी, सुर्य तामांग, सागर ढकाल, रासिद खान, कमल सिंह ऐरी रहेका छन्। पवन सर्राफ र कुशल मल्ल अल-राउण्डरको रुपमा टिममा रहेका छन्। जुलाईमा मलेसियामा सम्पन्न एसीसी यु-१९ इस्टर्न प्रतियोगितामा टिममा रहेका लेग स्पिनर तिलक भण्डारी, बिशाल बिक्रम केसी यो पटक टिममा छैनन्।

१५ सदस्यीय नेपाली टिम :- रोहित पौडेल ( कप्तान )  , रित गौतम , पवन सर्राफ, आसिफ शेख, सन्दिप जोरा, भिम शार्की, हरि बहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सुर्य तामांग, लोकेश बम , प्रतिस जिसी 

१५ सदस्यीय टिमसंगै यो पटक ५ जना सपोर्ट स्टाफ समेत श्रीलंकामा रहनेछन्। टिम प्रशिक्षकमा बिनोद दास रहेका छन् भने ब्याटिंग कन्सल्टेन्ट अपुर्भ देसाई रहेका छन्। यस्तै नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान राजु खड्का व्यवस्थापकको रुपमा रहनेछन् भने फिजियो बिक्रम न्यौपाने र फिटनेस ट्रेनर सुबास पात्रो रहनेछन्।

Aasif Sheikh

नेपालको खेल तालिका 

प्रतियोगितामा नेपाल समुह ‘बि’ मा रहेको छ जुन समुहमा आयोजक श्रीलंका सहित बंगलादेस र युएई रहेका छन्। यस्तै समुह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा एक-अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

नेपालले सेप्टेम्बर ६ तारिखमा आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ। यस्तै सेप्टेम्बर ८ मा बंगलादेशसंग दोश्रो खेल तथा सेप्टेम्बर १० मा युएईसंग तेश्रो खेल खेल्नेछ। सेप्टेम्बर १२ मा सेमीफाइनल र सेप्टेम्बर १४ मा फाइनल खेलिनेछ।

सबै खेल खेल श्रीलंकाको स्थानीय समय ९:३० बजे बिहान अर्थात नेपालको समय ९:४५ बजे सुरु हुनेछ।

नेपाल जुलाईमा मलेसियामा आयोजित एसीसी अन्डर-१९ इस्टर्न प्रतियोगिताको विजेता हुँदै यु-१९ एसिया कप खेल्न छनौट भएको थियो। नेपालले फाइनलमा हंगकंगलाई पराजित गरेको थियो। 





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]