यू-१९ विश्वकप : नेपाल र बंगलादेश भिड्दै

२०८० माघ १७, बुधबार ०७:४८

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने २ मा माङगोङ ओभलमा सुरु हुदैछ ।

नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ । त्यसैले नेपालको लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोच हुनेछ ।

उता बंगलादेशलाई भने सुपर सिक्सको अंक गणीतिय सम्भावना कायमै राख्न विशाल जित आवश्यक पर्दछ ।

नेपाल र बंगलादेशबीच यु-१९ विश्वकपमा अहिलेसम्म दुई पटक भेट भएको छ । एक खेल नेपालले जित्दा एक खेल बंगलादेशले जितेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy