यू-१९ विश्वकप : भारतलाई हराउँदै अष्ट्रेलिया च्याम्पियन

काठमाडौं । भारतलाई हराउँदै अष्ट्रेलियाले दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेटको उपाधी जितेको छ ।

दक्षिण अफ्रिकाको बेनोनिमा भारत ७९ रनले पराजित भएको हो । अष्ट्रेलियाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको भारत ४३ दशमलब ५ ओभरमा १ सय ७४ रन बनाउँदै अल आउट भयो ।

डिफेन्डिङ च्यापियन भारतका लागि ओपनर आदर्श सिंहले ७६ बलमा ४७ रन बनाए । मुर्गन अभिषेकले ४६ बलमा ४२ तथा मुसिर खानले ३३ बलमा २२ रन बनाए । नमन तिवारीले अविजित १४ रन बनाउँदा भारतका अन्य ब्याटर दोहोरो अंकमा रन बनाउँन असफल रहे ।

अष्ट्रेलियाका लागि माहिल ब्रेडम्यान र राफ म्याकमिलानले समान तीन तीन विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५३ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि हरजस सिंहले ६४ बलमा ५५ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान ह्युग वेइबगेनले ६६ बलमा ४८ तथा ओलिभर पिएकीले अविजित ४६ रन बनाए । ह्यारी डिक्सनले ५६ बलमा ४२ तथा रायन हिक्सले २० रन बनाए ।

भारतका लागि राज लिम्बानीले तीन तथा नमन तिवारीले दुई विकेट लिए ।

अष्ट्रेलियाले योसँगै चौथो पटक च्याम्पियन बनेको छ । विश्वकपमा १६ राष्ट्र सहभागी रहेका थिए । यस विश्वकपमा नेपाल समेत सहभागी रहेकोमा ११ औं स्थानमा रहेर विश्वकप समाप्त गरेको थियो ।

भारत यो विश्वकपको ईतिहासमा सर्वाधिक पटक च्याम्पियन बनेको छ । उसले पाँच पटक यस विश्वकपको उपाधी जितेको छ ।





थप समाचार

पाँचपोखरी टी-ट्वान्टी : इन्द्रावतीको पहिलो जित, भोटेचौरको लगातार दोश्रो जित

काठमाडौं । पाँचपोखरी थाङ्गपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ र पांचपोखरी क्रिकेट क्लब को प्राबिधिक […]

डिसिएल : दिपेश चम्किंदा टाइगर्स विजयी, तुलसीपुरको जितमा अमर उत्कृष्ट

काठमाडौं । दाङको घोराहीमा जारि नेपाल टेलिकम दाङ क्रिकेट लिग(डिसिएल) अन्तर्गत मंगलबार सम्पन्न खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी […]

निकोलको अलराउन्ड प्रदर्शनमा नामिबियाद्वारा नेपाल पराजित

काठमाडौं । जेन निकोलको कीर्तिमानी शतक तथा उत्कृष्ट बलिङको सहयोगमा नामिबियाले नेपाललाई पराजित गरेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा […]

निकोलको कीर्तिमानी शतकमा नेपाललाई २ सय ७ रनको लक्ष्य

काठमाडौं । जेन निकोलको कीर्तिमानी शतकको सहयोगमा नामिबियाले नेपाललाई जितका लागि २ सय ७ रनको लक्ष्य दिएको छ । टियु […]

नेपालले टस हार्यो, ललित बेन्चमा

काठमाडौं । नेपालले नामिबियाविरुद्धको खेलमा टस हारेको छ । टियु क्रिकेट मैदानमा नामिबिया कप्तान जेजे स्मिथले टस जितेर ब्याटिङ रोजेपछि […]

त्रिदेशिय टी-ट्वान्टी सिरिज आजबाट, नामिबिया र नेपाल भिड्दै

काठमाडौं । आज(मंगलबार) बाट नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित त्रिदेशीय टी-ट्वान्टी सिरिज सुरु हुदैछ । सिरिजको पहिलो खेलमा नामिबिया र […]