राजस्थानमाथि चेन्नईको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को ६१ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्समाथि जित निकालेको छ ।

घरेलु मैदान एम ए चिदम्बरम क्रिकेट स्टेडियममा चेन्नईले ५ विकेटको जित निकालेको हो । यो जितसँगै चेन्नईले प्लेअफ प्रवेश सम्भावना जिवितै राखेको छ ।

राजस्थानले दिएको १ सय ४२ रनको लक्ष्य चेन्नईले १८ दशमलब २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नईको जितमा कप्तान ऋतुराज गायकवाडले ४१ बलमा सर्वाधिक ४२ तथा रचिन रविन्द्रले १८ बलमा २७ रन बनाए । ड्यारियल मिचेलले २२ तथा शिभम दुबेले १८ रन बनाए ।

राजस्थानका लागि रविचन्द्रन आश्विनले दुई तथा नान्द्रे बर्गर र युजभेन्द्र चहलले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४१ रन बनायो ।

राजस्थानका लागि रियान परागले ३५ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४७ रन बनाए । धुव्र जुरेलले १८ बलमा १ चौका र २ छक्काको सहयोगमा २८ रन बनाए ।

चेन्नईका लागि सिमरजित सिंहले तीन तथा तुसार देशपान्डेले दुई विकेट लिए ।

१३ खेलमा ७ जित निकालेको चेन्नई तेस्रो स्थानमा छ । पराजित राजस्थान १२ खेलमा १६ अंक सहित दोस्रो स्थानमा कायमै छ ।





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]