राप्ती ¥यापिड्स नारायणगढको क्याम्पा चौरमा जारी चितवन प्रिमियर लिगको फाइनलम प्रवेश गरेको छ । सिपिएलमा लगातार तेस्रो जीत निकाल्दै राप्ती फाइनलमा प्रवेश गरेको हो ।
आज (मंगलबार) सम्पन्न खेलमा राप्तीले इच्छाकामना वारीयर्सलाई ५ विकेटले पराजित र्गयो । इच्छाकामनाले दिएको १४९ रनको लक्ष्य राप्तीले ७ बल बाँकी रहदा नै ५ विकेट गुमाएर पूरा ग¥यो । राप्तीको जीतका भिम सार्की नायक सावित भए । बिष्फोटक ब्याटिङ गरेका सार्कीले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६१ रनको अर्धसतकिय पारी खेले । यस्तै साकार धरेलले ४९ बलमा ४ चौका प्रहार गर्दै ४३ रन बनाए । इच्छाकामनाका प्रशान्त आचार्यले २ तथा कप्तान दीपेश श्रेष्ठ, अमर सिंह रौटेला र दिवस आचार्यले समान १–१ विकेट लिए ।
त्यस अघि पहिलो ब्याटिङ गरेको इच्छाकामनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १४८ रन बनाएको थियो । उसका लागि गौतम केसीले ५३ रन बनाए । यस्तै सन्दीप सुनारले ३७ तथा प्रतीक श्रेष्ठले २४ रन बनाए । राप्तीका कमल थापाले ४ ओभरमा २९ रन खर्चिदै ३ विकेट लिए । यस्तै कप्तान आकाश थापा र हरि बहादुर चौहानले समान २–२ विकेट लिए ।
सौराहाको इलिमिनेटर सम्भावना जिवितै
तेस्रो खेलमा जीत हात पार्दै सौराहा स्याण्ड्सले सिपिएलमा इलिमिनेटर सम्भावना जिवितै राखेको छ । जारी प्रतियोगितामा खराब लयबाट गुज्रिएको सौराहाले आज राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजलाई पराजित ग¥यो । गर वा मरको अवस्थामा रहेको सौराहाले भरतपुरविरुद्ध ६ विकेटको सम्माजनक जीत हात पा¥यो । भरतपुरले दिएको १२३ रनको लक्ष्य सौराहाले ४ विकेट गुमाएर पुरा ग¥यो ।
सौराहाको जीतमा राजेश ढकालले उत्कृष्ट पारी खेले । ४९ रन बनाएका ढकाल अर्धसतक बनाउनबाट एक रनले चुके । उनले ५७ बलमा ३ चौका र एक छक्का प्रहार गरे । यस्तै कप्तान सन्तोष न्यौपानेले २७ बलमा ४ चौका प्रहार गर्दै ३८ रन बनाए । भरतपुरका रविन्द्रजङ्ग शाहीले २ विकेट लिए ।
त्यस अघि पहिलो ब्याटिङ गरेको भरतपुर २ बल बाँकी हुँदा १२२ रनमा अल आउट भएको थियो । भरतपुरका लागि रविन्द्र जङ्ग शाही र बिरेन्देअ शाहले समान २६–२६ रन बनाए । अन्य ब्याट्सम्यान चल्न सकेनन् । सौराहाका अनुज चनरा र राजेश लम्सालले समान ३–३ विकेट लिए । खेलको म्यान अफ दि म्याच सौराहाका राजेश ढकाल घोषित भए ।
प्रतियोगिता अन्तर्गत बुधबार पनि २ खेल हुनेछ । बुधबार पहिलो खेलमा माडी टाइगर्स र राप्ती ¥यापिड्स तथा दोस्रो खेलमा इच्छाकामना वारीयर्स र सौराहा स्ट्याण्ड्स भिड्नेछन् । इलिमिनेटर पुग्ने चारै टोलीको सम्भावना उत्तिकै रहेको बुधबारको खेल निर्णायक हुनेछ ।
प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ । यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफदि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउनेछ ।
प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको छ भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रालि चितवन रहेको छ । त्यस्तै प्रतियोगिताको को–स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर रहेको छ ।