राशिद खान पहिलो पटक नेपाली टिममा : सागको लागि टिमको घोषणा

Rashid Khan

नेपालमा मसिर १५ देखि २४ सम्म ( डिसेम्बर १ देखि १० ) सम्म आयोजना हुने दक्षिण एसियाली खेलकुद ( साग ) को लागि नेपाली पुरुष र महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ।

सागको क्रिकेटतर्फ नेपाल सहित श्रीलंका, बंगलादेश , भुटान, माल्दिभ्स गरि ५ टिम सहभागी हुँदैछन्। भारत र पाकिस्तानले क्रिकेट विधामा सहभागिता जनाउने छैन।

पुरुष तर्फको क्रिकेट टियु मैदान किर्तिपुरमा तथा महिलातर्फको खेलहरु पोखरा रंगशाला स्थित क्रिकेट रंगाशालामा खेलिनेछ।

सागको लागि घोषित १५ सदस्यीय नेपाली टिममा तिब्र गति बलर युवा खेलाडी राशिद खानलाई पहिलो पटक समावेस गरिएको छ। शरद भेसावकर, बसन्त रेग्मी जस्ता खेलाडीलाई टिममा समावेस गरिएको छैन। देब्रे हाते स्पिनर सुशन भारि तथा बंगलादेशमा जारि इमर्जिङ्ग टिम्स एसिया कपमा नेपालको लागि डेब्यु गरेका कुशल भुर्तेलले पनि नेपाली टिममा निरन्तरता पाएका छन्।  रोहित पौडेलले भने टिममा स्थान बनाउन सकेनन्।

नेपाली राष्ट्रिय टिममा पहिलो पटक मौका पाएका राशिद खानले यस अघि नेपाली अन्डर-१९ टिमको प्रतिनिधित्व गरिसकेका छन् भने बिभिन्न फ़्रेञ्चाइज नेपाली टि-२० लिगमा पनि राम्रो प्रदर्शन गर्दै आएका छन्। मेरीलेबन क्रिकेट क्लब एमसीसी बिरुद्ध भर्खरै सम्पन्न खेलमा नेपाली मिश्रित टिमको लागि खेल्ने क्रममा रासिदले बलिङ्गमा ३ विकेट तथा ब्याटिंगमा समेत १८ रन बनाएर प्रभावित बनाएका थिए।

तिब्र गति बलिङ्ग तथा ब्याटिंगको लागि समेत उपयोगी रासिदले यसै वर्ष सेप्टेम्बरमा आयोजित यु-१९ एसिया कपमा युएई बिरुद्धको खेलमा ४४ रन बनाउनुको साथै २ विकेट लिएका थिए। यस्तै श्रीलंका बिरुद्ध पनि २ विकेट लिनुको साथै अविजित १५ रन बनाएका थिए। यस्तै यसै वर्षको यु-१९ विश्वकप छनौटमा सिंगापुर बिरुद्ध उनले ४८ रन बनाएका थिए।

यस्तो छ नेपाली टिम :- ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र ऐरि , पारस खड्का, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने, बिनोद भण्डारी, अविनाश बोहरा, सुशन भारि, कुशल भुर्तेल, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित राजबंशी, रासिद खान

अतिरिक्त खेलाडी :- रोहित पौडेल, भिम शार्की, सागर ढकाल

सागमा क्रिकेट अन्तिम पटक २०१० मा बंगलादेश सागमा समावेस गरिएको थियो। त्यसबेला नेपालले लिग चरणमा बंगलादेश, श्रीलंका र पाकिस्तानसंग सहजै  पराजित भएको थियो भने माल्दिभ्सलाई पराजित गरेको थियो।

कास्य पदकको लागि भएको खेलमा नेपाललाई पाकिस्तानले २ विकेटले पराजित गरेको थियो। खेलमा नेपालले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले ८ विकेट गुमाएर १९.३ ओभरमा पुरा गरेको थियो। नेपालको लागि प्रदिप ऐरिले अविजित ४५ बलमा ५२ रन बनाएका थिए भने बलिङ्गमा चन्द्र साउदले २ विकेट लिएका थिए।

बंगलादेशले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै २०१० सागमा क्रिकेटतर्फको स्वर्णपदक जितेको थियो। श्रीलंकाले रजत र पाकिस्तानले कास्य पदक जितेको थियो।

 





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]