रुबिनाको अल-राउण्ड प्रदर्शन, काठमान्डौ फाइनलमा प्रवेश

वुमन्स च्याम्पियन्स लिगको इलिमिनेटरमा बिराटनगर टाइटन्सलाई पराजित गर्दै क्याट क्विन्स काठमान्डौ फाइनलमा प्रवेश गरेको छ । यससँगै काठमान्डौले बिहिबार हुने फाइनल खेलमा उपाधीको लागि चितवन राइनोजको सामना गर्नेछ । चितवन यसअघि नै लिग चरणमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो ।

काठमान्डौलाई जित दिलाउन कप्तान रुबिना क्षेत्रीले नेतृत्वदायी प्रदर्शन गरिन् । उनले बलिङ्गमा ४ विकेट लिनेक्रममा ४ ओभर बलिङ्ग गर्दै १ मेडन राखेर मात्र ४ रन खर्चीईन् । त्यस्तै ब्याटिङ्गतर्फ अविजित ३४ रन बनाउन ३० बलमा ४ चौका प्रहार गरिन् ।

बिराटनगरले पहिले ब्याटिंग गर्दै दिएको ६९ रनको सामान्य लक्ष्य काठमान्डौले मात्र ९।५ ओभरमा पुरा गर्यो । ओपनर रोमा थापा पहिलो ओभरको पहिलो बलमा नै आउट भएकी थिइन् । त्यसपछि रुबिनाले दोश्रो विकेटको लागि अप्सरी बेगमसँग साझेदारी गर्दै जित दिलाईन । बेगमले २८ बलमा ३ चौका सहित अविजित २७ रन बनाईन ।

त्यसअघि ब्याटिंग गरेको बिराटनगरले राम्रो सुरुवातलाई निरन्तरता दिन सकेन । पहिलो विकेटको लागि ज्योति पाण्डे र सोनु खड्काले ६।५ ओभरमा ४४ रनको साझेदारी गरेका थिए । तर अन्तिम १० विकेट मात्र २४ रन थप्दा गुमेपछि बिराटनगर १७।३ ओभरमा ६८ रनमा समेटीएको हो । सोनु खड्काले २५ बलमा ६ चौका सहित ३४ रन र ज्योति पाण्डेले १२ रन बनाए । दोहोरो अंक बनाउने अर्को खेलाडी आरति बिडारी रहिन् उनले ११ रन बनाईन ।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]