‘रोहित, गेल, डी भिल्लीयर्ससंग कोहली जति स्ट्राइक रोटेट गर्ने क्षमता छैन’ – गम्भीर

भारतीय क्रिकेट टिमका पुर्व ओपनर गौतम गम्भीरले वर्तमान भारतीय कप्तान बिराट कोहलीलाई सिमित ओभर क्रिकेटको उत्कृस्ट खेलाडी बताउदै उनि क्रिस गेल, रोहित शर्मा र एबि डी भिल्लीयर्स जस्ता खेलाडी भन्दा उत्कृस्ट हुनुको पछाडीको विशेषता बताएका हुन्।

क्रिस गेल, रोहित शर्मा र एबि डी भिल्लीयर्स जस्ता ब्याट्सम्यानहरु आक्रामक सटहरु खेल्न माहिर रहेको र सिमित ओभर क्रिकेटमा उत्कृस्ट क्रिकेटरहरु रहेता पनि छोटो फर्म्याटको खेलमा रन बनाउने निरन्तरताको तुलना गर्दा उनीहरु कोहली भन्दा पछि रहेको गम्भीरले दावी गरेका छन्।

छोटो फर्म्याटको खेलको प्रत्येक बलमा स्ट्राइक परिवर्तन गर्ने क्षमताले कोहलीलाई विशेष बनाउने गम्भीरले स्टार स्पोर्ट्सको एक कार्यक्रममा बताएका हुन्।

“त्यसैले बिराट कोहली अरु भन्दा भिन्न छन्। तपाई रोहित शर्मालाई हेर्नुस, उनिसंग त्यो क्षमता छैन जुन बिराटमा छ। त्यो स्ट्राइक रोटेट गर्ने क्षमता हो। रोहित शर्मासंग ठुलो सटहरु छ तर त्यो पक्षले बिराट रोहित भन्दा प्रदर्शनमा बढी निरन्तरता छ”

“क्रिस गेलसंग स्ट्राइक रोटेट गर्ने क्षमता छैन, एबि डी भिल्लीयर्ससंग स्पिन बलिंगमा प्रत्येक बलमा स्ट्राइक रोटेट गर्ने क्षमता छैन, त्यो बिराट कोहलीसंग छ। त्यसैले उनले ५० को माथिको औशतमा रन बनाईरहेका छन्।”

कोहलीले टेस्ट क्रिकेटमा ५३.६२ को औशतले ७,२४० रन, एकदिवसीयमा ५९.३३ को औशतले ११,८६७ रन तथा टि-२० मा ५०.८० को औशतले २,७९४ रन बनाएका छन्। यस क्रममा टेस्टमा २७, एकदिवसीयमा ४३ शतक बनाएका छन्। टि-२० अन्तर्राष्ट्रियमा २४ अर्धशतक बनाएका कोहली शतकविहिन रहेका छन्।

“मानिसहरु डट बललाई त्यति महत्वपूर्ण मान्दैनन्। यदी तपाई थोरै डट बल खेल्नुहुन्छ भने दबाबलाई निकै कम गर्न सक्नुहुन्छ। क्रिकेटमा सबैभन्दा सजिलो कुरा छक्का, चौका प्रहार गर्नु हो। किनकि तपाई एउटा धेरै जोखिम भरिएको सट खेल्नुहुन्छ। सट खेल्दा धेरैले मन पराउछन् तर यदी सट नलागे तपाई पेभेलियन समेत फर्कन सक्ने सम्भावना धेरै हुन्छ। तर केहि त्यस्ता विश्व क्रिकेटमा क्रिकेटरहरु छन् जो प्रत्येक बलमा स्ट्राइक परिवर्तन गर्न सक्छन्। त्यसैले बिराट कोहली निकै राम्रो गरिरहेका छन्।” गम्भीरले बताए।

कोहलीको सफलता पछाडी फिटनेस पनि मुख्य कारण रहेको गम्भीरले बताए –

“कोहलीको सबैभन्दा बलियो पक्ष उनको फिटनेस हो जुन खेलमा पनि देखिन्छ। त्यसैले उनि निकै सफल छन्। अर्को सबैभन्दा महत्वपूर्ण पक्ष कोहली विकेटको बीचमा निकै छिटो दौडने गर्छन्। धेरै ब्याट्सम्यानले त्यसो गर्न सक्दैनन्।” भारतले २००७ र २०११ को विश्वकप जित्दाको टिम सदस्य गम्भीरले बताए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy