रोहित पौडेलको कप्तानीमा यु-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

सेप्टेम्बर ५ देखि १५ तारिखसम्म श्रीलंकामा आयोजना हुने एसीसी अन्डर-१९ एसिया कप प्रतियोगिताको लागि रोहित पौडेलको कप्तानीको १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ।

प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोलि शनिवार ( भदौ ७ ) श्रीलंका प्रस्थान गर्नेछ जहाँ अभ्यास गर्नुको साथै अभ्यास खेल समेत खेल्नेछ। नेपाली टिमलाई श्रीलंकामा भारतीय प्रशिक्षक अपूर्व देसाईले सघाउनेछन्।

नेपालको समुहमा श्रीलंका, बंगलादेश र युएई रहेका छन्। यस्तै अर्को समुहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा सबै टिमले एक-अर्का बिरुद्ध १-१ खेल खेल खेलिसकेपछि शिर्ष स्थानमा रहने २/२ टिम सेमीफाइनल प्रवेश गर्नेछ। नेपालले आयोजक श्रीलंकासंग सेप्टेम्बर ६ तारिखमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने यस्तै दोश्रो खेल बंगलादेशसंग सेप्टेम्बर ८ तारिकमा तथा तेश्रो खेल युएईसंग १० तारिकमा खेल्नेछ।

नेपाली टिम :-

जुलाईमा मलेसियामा सम्पन्न एसीसी यु-१९ इस्टर्न प्रतियोगितामा टिममा रहेका लेग स्पिनर तिलक भण्डारी, बिशाल बिक्रम केसी यो पटक टिममा छैनन्। देब्रे हाते स्पिनर सुर्य तामांगले भने टोलिमा कमब्याक गरेका छन्। यस्तै सन्दिप जोरा र आसिफ शेख पनि टिममा फिर्ता भएका छन् जसलाई एसीसी यु-१९ इस्टर्नमा वैकल्पिक सुचीमा राखिएको थियो।

घोषित टिममा ब्याटिंगमा रोहित पौडेल, रित गौतम, हरि बहादुर चौहान, कुशल मल्ल, सन्दिप जोरा, भिम शार्की, खडक बोहरा, लोकेस बम जस्ता ब्याट्सम्यान रहेका छन्। यस्तै बलिंगतर्फ प्रतिस जिसी, सुर्य तामांग, सागर ढकाल, रासिद खान, कमल सिंह ऐरी रहेका छन्। पवन सर्राफ र कुशल मल्ल अल-राउण्डरको रुपमा टिममा रहेका छन्।

१५ सदस्यीय नेपाली टिम :- रोहित पौडेल ( कप्तान )  , रित गौतम , पवन सर्राफ, आसिफ शेख, सन्दिप जोरा, भिम शार्की, हरि बहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सुर्य तामांग, लोकेश बम , प्रतिस जिसी 

१५ सदस्यीय टिमसंगै यो पटक ५ जना सपोर्ट स्टाफ समेत श्रीलंकामा रहनेछन्। टिम प्रशिक्षकमा बिनोद दास रहेका छन् भने ब्याटिंग कन्सल्टेन्ट अपुर्भ देसाई रहेका छन्। यस्तै नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान राजु खड्का व्यवस्थापकको रुपमा रहनेछन् भने फिजियो बिक्रम न्यौपाने र फिटनेस ट्रेनर सुबास पात्रो रहनेछन्।

Surya Tamang

नेपाल जुलाईमा मलेसियामा आयोजित एसीसी अन्डर-१९ इस्टर्न प्रतियोगिताको विजेता हुँदै यु-१९ एसिया कप खेल्न छनौट भएको थियो। नेपालले फाइनलमा हंगकंगलाई पराजित गरेको थियो। 

यु-१९ एसिया कपको मलेसीयामा आयोजित २०१७ को अघिल्लो संस्करणमा नेपालले समुह चरणमा भारतलाई पराजित गर्दै पहिलो पटक सेमीफाइनलमा स्थान बनाएको थियो। सेमीफाइनलमा भने नेपाल अफगानिस्तानसंग पराजित भएको थियो।

श्रीलंकामा बाँकी तयारी र टेस्ट राष्ट्रसंग अभ्यास खेल राख्न आग्रह 

यु-१९ एसिया कपको तयारी स्वरूप नेपाली युवा टिम हाल टियु क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ। नेपालमा वर्षाको मौसम चलीरहेकोले प्रशिक्षण सोचे अनुरुप हुन सकेको छैन। यस अघि नेपालले एसीसीलाई तयारी भारतमा गर्न प्रस्ताव गरे पनि एसीसीले अनुमानि नदिंदा घरमै अभ्यास गर्न बाध्य रहेको थियो।

एसीसीले नेपाललाई श्रीलंकामै प्रतियोगिता हुनु अघि अभ्यास गर्न र अभ्यास खेल खेल्न भने अनुमति दिएको हो।

प्रशिक्षक बिनोद दासले एसीसी सामु प्रतियोगिताको लागि टेस्ट रास्ट्रसंग अभ्यास खेल खेलाउनको लागि अनुरोध गरिरहेको विकेटनेपाललाई बताएका छन्। त्यहाँ नेपालले ३ वटा अभ्यास खेल खेल्ने पनि दासले बताए।

नेपाललाई सघाउन भारतीय ब्याटिंग प्रशिक्षक 

नेपाली अन्डर-१९ टिमलाई श्रीलंकामा भारतीय प्रशिक्षक अपुर्भ देसाईले प्रशिक्षण गर्ने भएका छन्। देसाईले यस अघि पनि नेपाली रास्ट्रिय क्रिकेट टिम र अन्डर-१९ टिमको प्रशिक्षण गरिसकेका छन्।

Apurva Desai

गत वर्ष एसिया कप छनौटमा तथा त्यसपछि यसै वर्ष अप्रिलमा सम्पन्न अन्डर-१९ विश्वकप छनौटमा देसाईले नेपाली टिमको ब्याटिंग कन्सल्टेन्टको रुपमा काम गरेका थिए। भारतको नेसनल क्रिकेट एकेडेमी तथा कोलकाता नाइट राइडर्सको क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिसकेका देसाई प्रतियोगिता अवधिभर नेपाली टिमसंग रहनेछन्।

ढिला भए पनि देसाईलाई नेपाली ब्याट्सम्यानहरु बारे थाहा भएको हुँदा उनि टिमसंग जोडिनु फलदायी हुने प्रशिक्षक दासले बताए। नेपाल यु-१९ विश्वकपमा छनौट हुन असफल रहेकोले नेपाली टिमलाई आफ्नो स्तर प्रमाणित गर्ने एसिया कप उत्कृस्ट अवसर रुपमा लिएको दासले बताए।

नेपाली यु-१९ टिमको अभ्यासको भिडियो हेर्न क्लिक गर्नुस 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]