लखनाउमाथि दिल्लीको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को २६ औं खेलमा लखनाउ सुपर जायन्ट्समाथि दिल्ली क्यापिटल्सले जित हात पारेको छ ।

लखनाउको घरेलु मैदान एकना क्रिकेट स्टेडियममा भएको खेलमा दिल्ली ६ विकेटले विजयी भयो ।

लखनाउले दिएको १ सय ६८ रनको लक्ष्य दिल्लीले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

दिल्लीका लागि ज्याक फ्रेसरले ३५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान रिषभ पन्तले २४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४२ रन बनाए । पन्त र ज्याकले तेस्रो विकेटका लागि ७७ रनको महत्वपुर्ण साझेदारी गरे ।

ओपनर पृथ्वी शाँले २२ बलमा ६ चौकाको सहयोगमा ३२ रन बनाए ।

त्यसअघि टस जितेर पहिले बलिङ गरेको लखनाउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

लखनाउका लागि आयुष बदोनीले ३५ बलमा ५ चौका र १ छक्काको सहयोगमा अविजित ५५ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान केएल राहुलले २२ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए ।

ओपनर क्विनटन डि ककले १३ बलमा ४ चौकाको सहयोगमा १९ रन बनाए । अर्शद खानले १६ बलमा २ चौकाको सहयोगमा अविजित २० रन बनाए ।

दिल्लीका लागि कुलदिप यादवले तीन तथा खलिल अहमदले दुई विकेट लिए ।

छैटौं खेलमा दोस्रो जित हात पारेको दिल्ली अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । पाँचौ खेलमा दोस्रो हार सहित लखनाउ चौथो स्थानमा छ ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]