ललितपुरलाई हराउँदै एपीएफ एक खेल अगाबै फाइनलमा

२०८१ जेष्ठ २, बुधबार ११:४६

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ ।

एक खेल अगाबै फाइनल प्रवेश गर्ने क्रममा एपीएफले ललितपुर मेयर्स एघारको टिमलाई ८ विकेटले पराजित गरेको हो ।

सोमबार भएको खेलमा ललितपुरले दिएको ७२ रनको लक्ष्य एपीएफले ९ दशमलब ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

एपीएफका लागि कप्तान सिता रानामगरले ३५ बलमा ८ चौकाको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेलिन् । अर्की ओपनर ममता चौधरीले २१ बलमा १६ रन बनाईन् ।

ललितपुरका लागि कृतिका मरासिनीले २ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ७१ रन बनाएको थियो ।

ललितपुरका लागि कप्तान पूजा महतोले ३९ बलमा २४ तथा ज्योत्सिका मरासिनीले ३९ बलमा २१ रन बनाईन् । ललितपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपीएफका लागि रेखा रावल र सिता रानामगरले समान १/१ विकेट लिए ।

प्रतियोगितामा गत वर्ष महिला प्रधानमन्त्री कपको शीर्ष चार टोली र ललितपुर मेयर्स एघारको टोली सहभागी छन् । राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोली फाइनल प्रवेश गर्ने छन् ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy