लेभेन्टको अर्धशतकमा नेपाललाई १८५ रनको लक्ष्य

काठमाडौं । ओपनर माईकल लेभेन्टको अर्धशतकको सहयोगमा नेदरल्यान्ड्सले जितका लागि नेपाललाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभेन्टले ३६ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । यसै खेलमा टीट्वान्टी आईमा डेब्यु गरेका उनले ३१ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । डेब्यु खेलमा नै अर्धशतक बनाएका लेभेन्ट नवौं ओभरको पाँचौ बलमा कुशल मल्लको बलमा आउट भए ।

सिब्रान्ड इंगेलब्रेक्टले बलमा रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । ३८ बलको सामना गरेका उनी अविजित रहे । कप्तान स्कट एडवार्डले १३ औं ओभरको अन्तिम बलमा आउट हुनु अघि ३३ रन बनाए । १६ बलको सामना गरेका उनले ५ चौका प्रहार गरेका थिए । तेजा निदामानुरुले २४ बलमा ३ चौकाको सहयोगमा ३१ रन बनाए ।

नेपालका लागि करण केसी र कुशल मल्लले समान १ विकेट लिए ।

नेपाली टोलीमा दुई परिवर्तन भएको छ । मंगलबारको खेलमा प्लेईङ-११ मा रहेका अभिनास बोहोरा र विवेककुमार यादव बेन्चमा रहेका छन् । ललितनारायण राजवंशी र प्रतिश जिशीले टोलीमा मौका पाएका छन् ।

नेपालले जुनमा हुने टी-ट्वान्टी विश्वकपको तयारीको सुरुआतको रुपमा यो सिरिजलाई लिएको छ । नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन् । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् ।

मंगलबार भएको सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । नेदरल्यान्ड्स र नेपालबीचको पछिल्लो पाँच टी(ट्वान्टी आई मा नेपालले तीन खेलमा जित हात पार्दा एकमा हार व्यहोरेको छ ।

फाइनलमा स्थान बनाउँनका लागि यो खेल नेपालका लागि महत्वपुर्ण रहेको छ ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]