विभागीय टोलि आर्मीलाई पराजित गर्दै धनगढी क्रिकेट एकेडेमी फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै धनगढी क्रिकेट एकेडेमी दोश्रो मेयर कप टि-२० प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

यो संगै प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ। उपाधिको लागि धनगढीले विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) संग खेल्ने भएको छ। फाइनल शनिवार राति खेलिनेछ।

खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै धनगढी क्रिकेट एकेडेमीले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले १७.१ ओभरमा सबै विकेट गुमाएर १२२ रन मात्रै बनाउन सकेपछि ३० रनको हार बेहोर्न पुग्यो।

आर्मीलाई लक्ष्यसम्म पुग्न नदिन धनगढीका देब्रे हाते स्पिनर बिनोद लामा र लेग स्पिनर अमन पन्थीले समान ३/३ विकेट लिए। लामाले ४ ओभरमा २४ रन तथा पन्थीले २ ओभरमा १३ रन खर्चिए। यस्तै भुवन कार्कीले २ तथा महेश अधिकारी र नारायण जोशीले समान १/१ विकेट लिए।

Aman Panthi , Binod Lama

आर्मीको लागि नवौं नम्बरका ब्याट्सम्यान चन्द्र साउदले १४ बलमा २ चौका र ३ छक्का मदतले ३१ रन बनाए। यस्तै बिबेक यादबले २४ , जितेन्द्र मुखियाले १७ तथा राजु रिजालले १६ रन बनाए।

ओपनर अनिल मण्डल ४ रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि राजु र बिबेकले ४२ रनको साझेदारी गरेका थिए। त्यसपछि भने आर्मीले लगातार विकेट गुमाएको थियो। हरि बहादुर चौहान ३, राजेश पुलामी १, भिम शार्की ५ , बिक्रम सोब ९ रन तथा आकाश चन्द खाता नखोली आउट भए।

५१/२ बाट ७१/८ को अवस्थामा पुगेको आर्मीको लागि नवौं विकेटको रुपमा चन्द्र साउद र जितेन्द्र मुखियाले ४० रनको साझेदारी गरेता पनि जितसम्म पुर्याउन सकेनन्।

धनगढीको इनिंग 

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा धनगढीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो। उसको लागि ओपनर बिपिन रावलले अर्धशतकीय इनिंग खेले। प्लेयर अफ द म्याच समेत चुनिएका रावलले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे। रावलले सुरुवात देखि १७ औं ओभरसम्म ब्याटिंग गरेका थिए। यस्तै कप्तान भुवन कार्कीले २४, खडक बोहराले १५, लोकेस बमले १३ तथा नारायण जोशीले १२ रन बनाए।

Bipin Rawal
Player of the match – Bipin Rawal

आर्मीको बलिंगमा बिबेक यादबले सर्वाधिक ३ विकेट ( ४-०-२३-३ ) लिए। यस्तै बिक्र सोब, जितेन्द्र मुखिया, शाहब आलम र चन्द्र साउदले १/१ विकेट लिए।

यस अघि आर्मीले क्वार्टरफाइनलमा पुलिस क्लबलाई ८ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएको थियो। आर्मीको जितमा राजु रिजालले ९५ रन बनाएका थिए।

अर्को तर्फ एपीएफको सेमीफाइनल प्रतिद्वन्द्वी जनकपुरले प्रतियोगिता छाडेका कारण एपीएफ सोझै फाइनल प्रवेश गरेको थियो।

फुलबारी क्रिकेट क्लबद्वारा आयोजित प्रतियोगितामा तिन विभागीय टोलि सहित कुल १६ टोलिले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले २ लाख तथा उप-विजेता टिमले १ लाख रासी प्राप्त गर्नेछ ।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]