विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका छन् ।

दुवै देशका क्रिकेट बोर्डले शुक्रबार बेलुका १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

वेस्ट इन्डिजको क्रिकेट बोर्डले रोभमन पावेलको कप्तानीमा टोली घोषणा गर्दा हाल नेपाल भ्रमणमा रहेका वेस्ट इन्डिज ए को टोलीमा रहेका तीन खेलाडीलाई समेटेको छ । हाल नेपालमा रहेको वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेस, गुणाकेश मोटी र जोनसन चार्ल्स टोलीमा अटाएका छन् । टोलीको उपकप्तानमा अल्जारी जोसेफ रहेका छन् ।

उता, अमेरिकाले भने न्युजिल्यान्डका पुर्व अलराउन्डर कोरि एन्डरसनलाई समेट्दै मोनाक पटेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

विश्वकपमा वेस्ट इन्डिज समूह सी मा रहेको छ । यस समूहमा वेस्ट इन्डिज, अफगानिस्तान, न्युजिल्यान्ड, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् । २ जुनमा पपुवा न्यु गिनीसँग खेल्दै वेस्ट इन्डिजले विश्वकपको सुरुआत गर्ने छ ।

अमेरिका भने यस विश्वकपको समूह ए मा छ । अमेरिका रहेको समूहमा भारत, पाकिस्तान, आयरल्यान्ड र क्यानडा रहेका छन् । २ जुनमा क्यानडासँग खेल्दै अमेरिकाले विश्वकपको सुरुआत गर्ने छ ।

वेस्ट इन्डिज टोली
रोभमन पावेल (कप्तान), अल्जारी जोसेफ, जोनसन चार्ल्स, रोस्टन चेस, जेसन होल्डर, अकिल होसेन, शिमरन हिटमायर, ब्रान्डन किंग, साइ होप, गुणकेश मोटी, निकोलस पुरन, आन्द्रे रसेल, शेरफन रार्दरफोर्ड, रोमारियो शेफर्ड र सिमार जोसेफ

अमेरिकाको टोली
मोनाक पटेल (कप्तान), आरोन जोन्स, आन्द्रेस गोस, कारी एन्डरसन, अलि खान, हरमित सिंह, जेसी सिंह, मिलिन्ड कुमार, निसर्ग पटेल, नितिश कुमार, नोश्टुस केन्जिइ, सौरभ नेत्राभाल्कर, शाड्ली भान स्केचली, स्टेभन टेलर र शायान जाहागिंर





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]