विश्वकपका लागि नेपाली टोलीको घोषणा

२०८१ बैशाख १९, बुधबार १८:४४

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा लामो समयपश्चात कमलसिंह ऐरीले मौका पाएका छन् । ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले विश्वकपको सुरुआत गर्नेछ ।

नेपाल समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका रहेका छन् । नेपालले विश्वकपका दुई खेल अमेरिकामा र दुई खेल वेस्ट इन्डिजमा खेल्ने तालिका छ ।

नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग टेक्सासमा खेल्नेछ । दोस्रो खेलमा १२ जुनमा अमेरिकाको लाउडेहिलमा श्रीलंकासँग खेल्नेछ । नेपालले तेस्रो र चौथो खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा खेल्नेछ । १५ जुनमा दक्षिण अफ्रिकासँग खेल्ने नेपालले अन्तिम खेल १७ जुनमा बंगलादेशसँग खेल्नेछ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

May be an image of text that says 'ICC WORLD CUP CAN AI SOUAD ICCMEN'ST20WORLDCUP ICC MEN T20 WORLD CUP ROHIT PAUDEL ROHITPAUDEL(C) (C) AASIF SHEIKH ANIL KUMAR SAH KUSHAL BHURTEL KUSHAL MALLA DIPENDRA SINGH AIREE LALIT RAJBANSHI KARAN KC GULSHAN JHA SOMPAL AMI PRATIS GC SUNDEEP, SUNDEEPJORA JORA ABINASH BOHARA SAGAR DHAKAL KAMAL SINGH AIREE ICCMEN'ST20WORLDCUP2024 #NEPALICRICKET #ONEBALLBATTLES #HAPPYDRESSI NGROOM'

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy