विश्वकपको छनोटमा नेपाल र थाईल्याण्डबीचको खेल आज

काठमाडौं । युएईमा जारी महिला यु १९ टी-२० विश्वकपको एसिया छनोटमा नेपाल चौथो खेलमा थाइल्याण्डको सामना गर्दैछ ।

नेपाल र थाइल्याण्डबीचको खेल युएईको अजमानमा नेपाली समय अनुसार दिउसो सवा ३ मा सुरु हुनेछ ।

नेपाल प्रतियोगितामा तेस्रो जितको खोजिमा रहेको छ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनले पराजित गरेको थियो । र, तेस्रो खेलमा भने युएईसँग १३ रनले पराजित भएको थियो ।

उता, थाइल्याण्ड भने प्रतियोगितामा दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपाल, दोस्रो खेलमा युएईसँग पराजित भएको थियो । तेस्रो खेलमा भने कुवेतलाई २० रनले पराजित गरेको थियो ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालले पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ।

डबल राउण्ड रोबिन लिगका आधार जारी रहेको छ । छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

नेपाली टोली

सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy