विश्वकपमा भारत इंग्ल्यान्डसंग जानीजानी हारेको पाकिस्तानी पुर्व खेलाडीको आरोपमा आकाश चोपडाको कडा जवाफ

२०१९ एकदिवसीय विश्वकपमा पाकिस्तानलाई प्रतियोगिताबाट बाहिर गर्न भारतले इंग्ल्यान्डसंग जानीजानी खेल हारेको पाकिस्तानी पुर्व क्रिकेटरहरुको आरोप पछि अर्का भारतीय पुर्व क्रिकेटर तथा कमेन्टेटर आकाश चोपडाले कडा जवाफ दिएका छन्।

के भएको थियो      

यसै साता एक पाकिस्तानी टिभीसंगको अन्तर्वार्ताको क्रममा पाकिस्तान पुर्व क्रिकेटर अब्दुल रज्जाकले विश्वकपको इंग्ल्याण्डसंगको लिग म्याच भारतले जानाजान पाकिस्तानलाई प्रतियोगितामा अघि बढ्न नदिन हारेको बताएका थिए। इंग्ल्याण्डलाई गत वर्ष एकदिवसीय विश्वकप जिताउन उत्कृस्ट योगदान दिएका बेन स्टोक्सले लेखेको अटोबायोग्राफी ‘अन फायर’ मा स्टोक्सले भारतले इंग्ल्यान्डसंगको समुह चरणको खेल कट्टर प्रतिद्वन्द्वी भएका कारण पाकिस्तानलाई अर्को चरण पुग्न नदिन जानाजान हारेको लेखेका थिए।

रज्जाकको भनाइ यस्तो थियो

स्टोक्सको भनाइलाई समर्थन गर्दै रज्जाकले यस्तो भनेका थिए – “हामि खेल हेरिरहँदा पनि त्यस्तै महसुस गरेका थियौं। मलाई लाग्छ आईसीसीले भारतलाई सजाय दिनुपर्छ। कुनै पनि टिमले जानीजानी अर्को टिम छनौट नहोस् भनेर खेल हार्छ भने त्यो टिमलाई कारवाही गर्नुपर्छ। एउटा राम्रो बलरले आफ्नो स्तर अनुसार बलिंग गर्न चाहदैन, राम्रो लाइन, लेन्थमा बलिंग गर्दैन र त्यसै रन दिने गर्छ भने त्यो हेर्नेलाई थाहा हुन्छ”

“कुनै शंका छैन ( भारतले जानाजान खेल हारेको )। मैले त्यही बेला भनेको थियो। सबै क्रिकेटरले त्यही महसुस गरेका थिए। एउटा खेलाडी जसले छक्का-चौका हान्न सक्छ त्यो बल डिफेन्ड गर्दै थियो, सबैलाई थाहा छ”

आकाश चोपडाको कडा जवाफ 

भारत र इंग्ल्यान्ड बीचको उक्त विश्वकप खेलमा कमेन्टेटरको भूमिकामा रहेका पुर्व क्रिकेटर आकाश चोपडाले आफ्नो चर्चित Youtube कार्यक्रम आकाशवाणीमा अब्दुल रज्जाकको उक्त आरोपको खण्डन गरेका हुन्। त्यसक्रममा उनले भारतले उक्त खेल कसरि हारेको बयान गरेका हुन्।

“केहि पाकिस्तान क्रिकेटरहरु भारतले इंग्ल्यान्डसंग जानाजान हार्दै पाकिस्तानलाई विश्वकपमा अघिल्लो चरण पुग्न नदिन षडयन्त्र गरेको बताएका छन्। उनीहरु यो पनि भन्दैछन् कि आईसीसीले भारतलाई सजाय दिनु पर्छ जुन निकै अस्वीकार्य कुरा हो। कसरि त्यस्तो सुझाव दिन सक्छन्।

“हामीले खेलको परिस्थितिलाई हेर्नु पर्छ। मैदानको एकतिरको बाउन्ड्री निकै सानो थियो र इंग्ल्यान्डले ३३७ रन सहज तरिकाले बनाएको थियो। सबै बलरहरुले धेरै रन खर्चेका थिए जसपछि अन्तिम १० ओभरमा भारतीय बलरहरुले कम्ब्याक गरेका थिए। म खेलमा कमेन्ट्रि गर्दै थिए ” भारतले पहिलो इनिंगमा धेरै रन दिनुको कारण बारे चोपडाले बताए।

दोश्रो इनिंगमा भारतले चाडै विकेट गुमाएको जसपछि भारत रोहित शर्मा र बिराट कोहलीले निकै संयमित भएर ब्याटिंग गरे जहाँबाट भारत खेलमा पछि परेको थियो। कोहली र रोहितले अतिरिक्त सावधानीपूर्वक ब्याटिंग गरेको थियो। पहिलो १० ओभरमा भारतले मात्र २८ रन बनाएको थियो भने २० ओभरमा भारतको योगफल ८३ रहेको थियो।

“केएल राहुल पहिलो ओभरमै आउट भएको र रोहितले जीवनदान पाएको अवस्थामा रोहित र बिराटले पहिलो १० ओभर विकेट जोगाउन निकै सावधानीपूर्वक खेल्यो। त्यही १० ओभरलेनै खेल परिवर्तन गरायो नकी अन्तिमको १० ओभर।”

“मलाई लाग्छ भारतीय ब्याट्सम्यानहरु विकेट जोगाउनको लागि खेलीरहेका थिए जसले गर्दा आवस्यक रनरेटमा निकै पछि पर्यो। पहिलो १० ओभर निकै रक्षात्मक थियो किनकि रोहित र कोहलीलाई थाहा थियो उनीहरु छिट्टै आउट भएको खण्डमा खेलमा भारत सजिलै पछि पर्न सक्थ्यो”

पुर्व पाकिस्तान क्रिकेटरले धोनी बिरुद्ध आरोपलाई निराधार बताउदै उनले ठुलो सट नखेल्नुको कारण यस्तो बताए। अन्तिम ५ ओभरमा भारतले १४ भन्दा बढीको रन गतिमा रन बनाउनु पर्ने थियो।

“महत्वपूर्ण समयमा कोहलीको विकेट गुमेपछि भारतले रन गति छिटो गर्न सकेन। धोनी र जाधवले अन्तिममा ब्याटिंग गर्दाको समयमा खेल सकीसकेको थियो।”

“पक्कै थोरै गलतहिसाब भएको हो तर त्यस्तो हैन कि जानाजान खेल हारिएको थियो।”

“इंग्ल्यान्डले उक्त खेल हारेको भए उनीहरु विश्वकपबाट बाहिरिने थिए। भारतले किन त्यस्तो चाहन्थेन ? तपाई पाकिस्तानी हुनुहुन्छ भने यो पक्षबाट सोच्नुहुन्न तर यो कुरा ध्यान दिएर सोच्नुहोला”

षडयन्त्रको योजना बारे नसोच्नुस, ठुलो प्रतियोगिता जित्न राम्रो खेल्नुस नकी अरुमा भर पर्नुस 

चोपडाले पाकिस्तानी समर्थकलाई उक्त घटना बिर्सदै आफ्नो टिमलाई ठुलो प्रतियोगितामा अरुको भर पर्नु भन्दा राम्रो खेल्न सुझाव दिएका छन्।

“म स्वीकार्छु कि भारतले गल्ति गर्यो र राम्रो खेलेन तर पाकिस्तानलाई अघि नबढाउन जानीजानी हारेको कुरा स्वीकार्य छैन।”

“म पाकिस्तानी साथीहरुलाई यो कुरा बिर्सन अनुरोध गर्छु। ठुलो प्रतियोगिताहरु राम्रो खेलेर जित्नुपर्छ नकी अरुको भर परेर। पाकिस्तानले वेस्टइन्डिजसंग नहारेको भए यस्तो षडयन्त्र सुत्रहरु बारे सोच्नु पर्थेन।”

खेलमा के भएको थियो 

आईसीसी विश्वकप २०१९ अन्तर्गत जुन ३० मा खेल खेलिएको थियो। खेलमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिंग गर्दै भारतलाई ३३८ रनको लक्ष्य दिएको थियो। रोहित शर्माले शतक बनाउनुको बाबजुद भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३०६ रन मात्र बनाउदै खेल ३१ रनले हारेको थियो। खेलको ३६ ओभरमा १९८/३ को अवस्थामा रहेको भारतले त्यसपछि आक्रामक ब्याटिंग गर्न नसक्दा खेल हार्न पुगेको थियो।

धोनीले अविजित ४२ रन बनाउदा ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। धोनीले आक्रामक ब्याटिंग नगरेको र ब्याटिंगमा जित्ने प्रयास नभएको भन्दै खेलपछि निकै आलोचना भएको थियो। 

इंग्ल्यान्डले उक्त खेल हारेको भए पाकिस्तान अघिल्लो चरण पुग्ने सम्भावना बलियो हुन्थ्यो भने इंग्ल्यान्ड विश्वकपबाट बाहिर हुन्थ्यो। भारतको हार पछि उक्त प्रतियोगिताको अपराजित यात्रा रोकिएको थियो भने इंग्ल्यान्डले सेमीफाइनल सम्भावना कायमै राखेको थियो। इंग्ल्याण्डको जितले पाकिस्तानलाई भने सेमीफाइनल पुग्ने सम्भावना मुस्किल भएको थियो।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]