विश्वकप लिग-२ : ताहिरले ५ विकेट लिंदा ओमान सहजै पराजित, स्कटल्याण्डको दोश्रो जित

आईसीसी विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्डले ओमानलाई ८५ रनले पराजित गर्दै लगातार दोश्रो जित हात पारेको छ।

स्कटल्याण्डमा जारि त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा ओमानसंग ४ विकेटले पराजित भएको स्कटयाण्डले दोश्रो खेलमा शनिवार पपुवा न्यु गिनीलाई ३ विकेटले पराजित गरेको थियो। ओमानको भने यो तेश्रो खेलमा पहिलो हार हो। यस अघि ओमानले स्कटल्याण्ड र पपुवा न्युगिनीलाई पराजित गरिसकेको छ।  सिरिज अन्तर्गत आगामी खेल अगस्ट २० मंगलबार स्कटल्याण्ड र पपुवा न्यु गिनी बीच खेलिनेछ।

एबरडीनमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै स्कटल्याण्डले दिएको २२४ रनको लक्ष्य पछ्याएको ओमानले ३८.२ ओभरमा १३८ रनमा सम्पूर्ण विकेट गुमाएको हो।

ओमानलाई समेट्न स्कटल्याण्डका प्लेयर अफ द म्याच चुनिएका देब्रे हाते स्पिनर हम्जा ताहिर एक्लैले ५ विकेट ( ९.२-०-३८-५ ) लिए। मात्र दोश्रो एकदिवसीय खेलेका ताहिरको यो उत्कृस्ट स्पेल हो। उनले अघिल्लो खेलमा पपुवा न्यु गिनी बिरुद्ध पनि ४ विकेट लिएका थिए।  यस्तै सफ़्यान सरिफले ३ ( ७-२-२३-३ ) विकेट लिए। ओमानको लागि अकिब इल्यासले सर्वाधिक ४५ तथा सन्दिप गौडले ३२ रन बनाए।

स्कटल्याण्डको ब्याटिंग 

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २२३ रन बनाएको थियो। रिची बेरिंगटनले सर्वाधिक ६८ रन बनाए भने , म्याथु क्रसले ५९ तथा क्रेग वालेसले ५३ रन बनाए।

खराब सुरुवात गरेको स्कटल्याण्ड एक समय ३८/३ को अवस्थामा रहेको थियो। चौथो विकेटको लागि क्रसए बेरिंगटनसंग ८९ रनको साझेदारी गरे। त्यसपछि पुनः लगातार विकेट गुमाएको घरेलु टिमलाई आठौँ विकेटको लागि वालेस र सफ्यान सरिफले ४७ रनको साझेदारी गरेका थिए।

ओमानको बलिंगमा बिलाल खान, अजय लाल्चेता र खवर अलिले समान २/२ विकेट लिए।

विश्वकप लिग-२ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल फेब्रुवरिमा घरेलु मैदानमा अमेरिका र ओमान बिरुद्ध खेल्ने तालिका रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy