विश्वकप लिग-२ : ताहिरले ५ विकेट लिंदा ओमान सहजै पराजित, स्कटल्याण्डको दोश्रो जित

आईसीसी विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्डले ओमानलाई ८५ रनले पराजित गर्दै लगातार दोश्रो जित हात पारेको छ।

स्कटल्याण्डमा जारि त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा ओमानसंग ४ विकेटले पराजित भएको स्कटयाण्डले दोश्रो खेलमा शनिवार पपुवा न्यु गिनीलाई ३ विकेटले पराजित गरेको थियो। ओमानको भने यो तेश्रो खेलमा पहिलो हार हो। यस अघि ओमानले स्कटल्याण्ड र पपुवा न्युगिनीलाई पराजित गरिसकेको छ।  सिरिज अन्तर्गत आगामी खेल अगस्ट २० मंगलबार स्कटल्याण्ड र पपुवा न्यु गिनी बीच खेलिनेछ।

एबरडीनमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै स्कटल्याण्डले दिएको २२४ रनको लक्ष्य पछ्याएको ओमानले ३८.२ ओभरमा १३८ रनमा सम्पूर्ण विकेट गुमाएको हो।

ओमानलाई समेट्न स्कटल्याण्डका प्लेयर अफ द म्याच चुनिएका देब्रे हाते स्पिनर हम्जा ताहिर एक्लैले ५ विकेट ( ९.२-०-३८-५ ) लिए। मात्र दोश्रो एकदिवसीय खेलेका ताहिरको यो उत्कृस्ट स्पेल हो। उनले अघिल्लो खेलमा पपुवा न्यु गिनी बिरुद्ध पनि ४ विकेट लिएका थिए।  यस्तै सफ़्यान सरिफले ३ ( ७-२-२३-३ ) विकेट लिए। ओमानको लागि अकिब इल्यासले सर्वाधिक ४५ तथा सन्दिप गौडले ३२ रन बनाए।

स्कटल्याण्डको ब्याटिंग 

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २२३ रन बनाएको थियो। रिची बेरिंगटनले सर्वाधिक ६८ रन बनाए भने , म्याथु क्रसले ५९ तथा क्रेग वालेसले ५३ रन बनाए।

खराब सुरुवात गरेको स्कटल्याण्ड एक समय ३८/३ को अवस्थामा रहेको थियो। चौथो विकेटको लागि क्रसए बेरिंगटनसंग ८९ रनको साझेदारी गरे। त्यसपछि पुनः लगातार विकेट गुमाएको घरेलु टिमलाई आठौँ विकेटको लागि वालेस र सफ्यान सरिफले ४७ रनको साझेदारी गरेका थिए।

ओमानको बलिंगमा बिलाल खान, अजय लाल्चेता र खवर अलिले समान २/२ विकेट लिए।

विश्वकप लिग-२ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल फेब्रुवरिमा घरेलु मैदानमा अमेरिका र ओमान बिरुद्ध खेल्ने तालिका रहेको छ।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]