“शल्यक्रिया पश्चात भिजनमा सुधार भएको छ” सन्दिप

स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछानेले यसै साता सोमबार आँखाको लेजर शल्यक्रिया गराएपछि आफ्नो भिजनमा सुधार आएको बताएका छन्।

दुवै आँखाको शल्यक्रिया पश्चात २ देखि ३ हफ्ता सम्म आराम गर्नु पर्ने हुनाले सन्दिपले दक्षिण एसियाली खेलकुद खेल्न सक्ने छैनन्। सन्दिपको स्थानमा टिममा रोहित पौडेललाई मौका दिईएको छ।

शल्यक्रियापछि स्वास्थ्यखबरसंग कुराकानी गर्ने क्रममा सन्दिपले आफु सन्तुस्ट भएको प्रतिक्रिया दिएका हुन् –

‘टाढाको वस्तु देख्न समस्या भएपछि चश्मा लगाउनुको विकल्पमा मैले यो सर्जरी गरेको हुँ। विदेशमा पनि बुझेको थिएँ तर आफ्नै देशमा गर्ने सोच भएकोले यहाँ गराए । म एकदमै खुशी तथा सन्तुष्ट छु। शल्यक्रिया पश्चात भिजनमा सुधार भएको छ।’

तिलगंगा आँखा अस्पतालका रिफ्र्याक्टिभ सर्जन डा शाश्वत ढुंगेलले सन्दिपको सर्जरी गरेका हुन्। ढुंगेलका अनुसार सन्दिपले गरेको लेजर सर्जरी नयाँ पद्धति हो। यो पद्धति पछि आँखाको सुक्खापन कम भइ घाउ समेत छिटो पुरिन्छ। ‘यो सर्जरी माइनस ०.५ देखि माइनस १४ सम्मको पावर भएकालाइ गरिन्छ’ ढुंगेलले बताए। यो पद्धतिबाट शल्यक्रिया गर्दा विदेशमा अझ महँगो पर्ने र नेपालमा तुलनात्मक रुपमा सस्तो पर्नेगर्छ।

(  फिचर फोटो – खबरहब )





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]