श्रीलंकन टिम सोमबार अभ्यासमा फर्किने

२०७७ जेष्ठ १८, आईतवार २१:००

इंग्ल्याण्ड र वेस्टइन्डिज पछि श्रीलंकन राष्ट्रिय क्रिकेट टिम पनि अभ्यासमा फर्किने भएको छ। करिब तिन महिना पछि सोमबार टिमले अभ्यास गर्ने घोषणा श्रीलंका क्रिकेट बोर्डले गरेको छ।

श्रीलंका क्रिकेटले आइतबार प्रेस विज्ञप्ति जारि गर्दै कोभिड-१९ बिरुद्ध सरकारी स्वास्थ्य नियम पालना गर्दै अभ्यास सुरु गर्ने बताएको हो।

अभ्यासमा १३ सदस्यीय टिम तथा ४ जना सहयोगी स्टाफ गरि १७ जना सहभागी हुनेछन् जो कोलोम्बोमा १२ दिने ‘आवासीय अभ्यास क्याम्प’ मा रहने बोर्डले बताएको छ। खेलाडीहरु एउटा समुहको रुपमा यो दौरान होटलमा बस्नेछन्। खेलाडीहरुको नाम सार्वजनिक गरिएको छैन।

टिमले अभ्यासको पहिलो दिन होटल भित्रै फिटनेस अभ्यास गर्ने छन् भने दोश्रो दिन देखि मैदानमा अभ्यास गर्नेछन्।

श्रीलंका क्रिकेटले जारि गरेको मिडिया रिलिजमा बताईएको छ – “क्याम्पमा सहभागी खेलाडीहरुलाई होटल परिसर र अभ्यासस्थल छाड्ने अनुमति हुने छैन। सबै फर्म्याट खेल्ने खेलाडीहरुको समुहले क्याम्पमा हिस्सा लिनेछन् जसमा धेरैजसो बलरहरु छन्। किनकि बलरहरुलाई सक्रिय रुपमा प्रतियोगितामा भाग लिनु पुर्व ‘कण्डीसनिंग’ को आवश्यता हुने गर्छ।”

टिम प्रशिक्षक मिकी आर्थरले खेलाडीहरु लकडाउनमा रहंदा पनि विशेष ट्रेनिंग रुटिन दिएका थिए जसलाई खेलाडीहरुले पालना गरेका थिए।

अभ्यासको दौरान पालना गरिने कुराहरु 

१. क्याम्पको दौरान प्रयोग गरिने सवारीसाधानलाई क्याम्प पुर्व र दौरान किटाणुरहित गरिनेछ

२. स्वास्थ्य अधिकारीहरुले क्याम्पमा सहभागीहरुलाई गाइडलाइन दिनेछन् जुन सबैले पालना गर्नुपर्नेछ। अभ्यास सुरु गर्नु अघि  स्वास्थ्य अधिकारीहरुले होटल र अभ्यास स्थलको जांच गरिसकेका छन्।

३. क्याम्पमा रहने सदस्यहरुले अभ्यास अवधिभर होटल र अभ्यास स्थल आफ्नो निजि कामको लागि बाहिर जान पाउनेछैनन्

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy