श्रीलंकन पूर्व खेल मन्त्रिको गम्भीर आरोप, २०११ विश्वकप फाइनल फिक्स्ड थियो

श्रीलंकाका पूर्व खेलकुद मन्त्रि महिन्दानन्दा अलुथगामागेले २०११ आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकाले भारतसंग फाइनल जानीजानी हारेको गम्भीर आरोप लगाएका छन्।

२०११ अप्रिल-२ मा भारतको मुम्बईमा सम्पन्न फाइनलमा श्रीलंका भारतसंग ६ विकेटले पराजित भएको थियो। श्रीलंकाले दिएको २७६ रनको लक्ष्य भारतले ४ विकेट गुमाएर जितेको थियो।

सन् २०१० देखि २०१५ सम्म श्रीलंकाको खेलकुद मन्त्रि रहेका अलुथगामागेले एक अन्तर्वार्ताको क्रममा उक्त आरोप लगाएका हुन् –

“२०११ क्रिकेट विश्वकप फाइनल फिक्स्ड थियो। म आफुले भनेको कुरामा पक्का छु। म खेल मन्त्रि भएको बेला त्यो भएको थिओ।” न्युजफर्स्टसंगको कुराकानीमा उनले बताए।

“यद्धपि म देशको ख्याल राख्दै भित्रि कुराहरु खोल्न चाहन्न। भारत बिरुद्धको उक्त खेल हामीले जित्न सक्थ्यौ , खेल फिक्स्ड थियो। म यो कुरा पुरा जिम्मेवारीपुर्वक भन्छु र वादविवाद गर्न समेत तयार छु। मानिसहरु यो कुरालाई लिएर चासो व्यक्त गरिरहेका छन्। म क्रिकेटरहरुलाई यसमा संलग्न गर्न चाहन्न।”

महिन्दानन्दा अलुथगामागे
महिन्दानन्दा अलुथगामागे

वेस्टइन्डिजमा सम्पन्न २००७ एकदिवसीय विश्वकपको पनि फाइनलमा पराजय बेहोरेको श्रीलंका लगातार दोश्रो विश्वकप जित्न चुकेको थियो। तत्कालिन श्रीलंकन कप्तान कुमार संगाकाराले अलुथगामागेको आरोपलाई निराधार भएको प्रतिक्रिया दिएका छन्।

“यो निकै गम्भीर आरोप हो” संगाकाराले एसोसिएटेड प्रेसलाई बताए – “उनले आफुसंग तथ्य र प्रमाण भएको बताएका छन्। म चाहन्छु कि यो बारे एन्टी करप्सन युनिट र आईसीसीले जांच गरोस र पुर्व खेल मन्त्रि सहि या गलत रहेको निष्कर्षमा पुगोस् भन्ने चाहन्छु”

रानातुंगाले पनि लगाएका थिए आरोप 

पुर्व खेल मन्त्रि अलुथगामागे बाहेक श्रीलंकालाई १९९६ विश्वकप जिताएका पुर्व कप्तान अर्जुना रानातुंगाले पनि उक्त विश्वकप फाइनल फिक्स्ड भएको बताएका थिए। सन् २०१७ मा उनले यस बारे अनुसन्धानको समेत माग गरेका थिए।

महेला जयबर्द्धनेले शतक बनाएपछि श्रीलंकाले पहिले ब्याटिंग गर्दै २७५ रन बनाएको खेलमा भारतले ३१ रनमै ३ विकेट गुमाईसकेको थियो। त्यसपछि बिराट कोहली र गौतम गम्भीरको तथा गम्भीर र धोनीको चौथो विकेटको लागि १०९ रनको साझेदारीले भारत जिततर्फ लम्केको थियो।

“म त्यतिबेला भारतमा कमेन्ट्रि गरिरहेको थिए। जब हामीले हार्यौं मलाई शंकास्पद लागेको थियो।” रानातुंगाले २०१७ मा बताएका थिए। “हामीले २०११ फाइनलमा जे भएको थियो त्यसको अनुसन्धान गर्नुपर्छ। म सबै कुरा अहिले खुलाउन चाहन्छ तर एक दिन अवस्यमा बताउनेछु। यसको जांच हुनुपर्छ”





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]