सचिनले शनिवार टियु मैदानमा मैत्रीपूर्ण क्रिकेट खेल्ने

युनिसेफको कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका पुर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरले किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा प्रदर्शनी खेल खेल्ने भएका छन्।

शनिवार सचिनले टियु मैदानमा नेपाली राष्ट्रीय टिमका पुर्व कप्तान बिनोद दासको टिमसंग प्रदर्शनी खेल खेल्नेछन्। प्रदर्शनी खेलमा स्कुले बालबालिकाहरु सहभागी हुने बताईएको छ।

“बाल अधिकारको वकालतका लागि मैत्रीपूर्ण क्रिकेट” नाराको साथ मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो। बाल अधिकार सम्वन्धि महासन्धि पारित भएको ३० वर्षको उपलक्ष्यमा यसको आयोजना गरिएको हो।

युनिसेफ नेपालले अफ्नो फेसबुक पेज मार्फत खेल हेर्न आउन अनुरोध समेत गरेको छ। शनिवार विहान ९ बजे अघि टियु मैदानमा प्रवेश गरिसक्नु पर्ने युनिसेफले बताएको छ। मैदान प्रवेशको लागि आफ्नो वेबसाइटमार्फत पेटिसनमा हस्ताक्षर गर्न समेत युनिसेफले अनुरोध गरेको छ। 

कीर्तिमानी ब्याट्सम्यान तेन्दुलकर युनिसेफसंग १ दशक भन्दा बढी समय देखि आबद्ध रहेका छन्। सन् २००३ मा भारतको पोलियो अभियानमा जोडिएका सचिनले २०१३ मा युनिसेफ दक्षिण एसियाको गुडविल एम्बासडर चुनिएका थिए।

मास्टर ब्लास्टर सचिन तेन्दुलकर अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने क्रिकेटर हुन् जसको नाममा विश्व क्रिकेटका ठुला रेकर्डहरु रहेका छन्। एक दिवसीय र टेस्ट क्रिकेटमा क्रमसः १८ हजार ४ सय २६ र १५ हजार ९ सय २१ रन बनाएका तेन्दुलकर दुवै फर्म्याटमा धेरै रन बनाउने खेलाडी हुन्। यस्तै सचिनले एकदिवसीयमा ४९ र टेस्टमा ५१ गरि कुल १०० शतक बनाएका छन् जुन दुवै फर्म्याटमा र समग्रमा सबैभन्दा धेरै शतक हो।

नेपाल आएका चर्चित क्रिकेटरहरु

यसै वर्ष भदौमा चर्चित इंग्ल्याण्ड क्रिकेटर एन्ड्रु फ्लिनटफ नेपाल आएका थिए। उनि नेपाल आएका ठुला क्रिकेटरहरुमा पर्नेगर्छन्।

हालसम्म नेपालमा कपिल देव, सुनिल गाभस्कर, गोर्डन ग्रिनिज, इमरान खान, महेन्द्रसिंह धोनी, भीभीएस लक्ष्मण, अजय जडेजा नेपाल आइपुगेका छन्। गावस्कर २००५ मा नेपाल आएका थिए भने कपिल देव १९९९ मा नेपालमा आयोजित मास्टर लेजेंड्स कपमा खेल्न नेपाल आएका थिए। मास्टर लेजेंड्स कपमा कपिल देब बाहेक दिलिप भेंगसरकार, बिनोद काम्ब्ली, टोनी ग्रेग, मदन लाल, क्रिस श्रीकान्त, रोजर बिन्नी, चेतन शर्मा, ड्यानी मोरीसन, अब्दुल कादिर जस्ता खेलाडीहरु आएका थिए।

हाल पाकिस्तानका प्रधानमन्त्री इमरान खान ८० को दशकको अन्त्य तिर नेपाल आएका थिए। त्यसबाहक धोनी २०१२ मा बिशेष भ्रमणमा, लक्ष्मण २०१३ मा जर्नी टु वर्ल्ड कप प्रतियोगिताको दौरान तथा जडेजा २०१६ इपिएलको दौरान आएका थिए। पुर्व वेस्ट इन्डिज क्रिकेटर गोर्डन ग्रिनिज १९९८ को एसीसी ट्रफीमा नेपालको प्रशिक्षकको रुपमा छोटो समयको लागि नेपाल आएका थिए।





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]