सन्दिप जोरालाई १ खेलको प्रतिबन्ध

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न एपीएफ र एमएमसीसी इनरुवा बीचको खेलको दौरान अम्पायरको निर्णय प्रति गम्भीर तरिकाले असहमति देखाउदा सन्दिप जोरालाई कारवाही गरिएको छ।

एपीएफका ब्याट्सम्यान सन्दिपले खेलाडी कोड अफ कन्डक्ट उल्लंघन गरेका कारण उनलाई आर्टिकल २.८ अन्तर्गत एउटा खेलको प्रतिबन्ध लगाईएको छ। जोराले एमएम कप प्रतियोगिता अन्तर्गत आगामी खेल खेल्न पाउने छैनन्। खेलपछि जोराले आफ्नो गल्ति स्विकारीसकेका छन्।

खेलको २३ औं ओभरमा सरोज बस्नेतबाट एलबिडब्लु आउट भए पछि जोराले अम्पायरको निर्णय प्रति असन्तुष्टि देखाउदै मैदानमा विवाद गर्न खोजेका थिए। उनि २१ बलमा १२ रन बनाएर आउट भएका थिए।

नेपाली राष्ट्रिय टिमको लागि खेलीसकेका जोरा पछिल्लो समय राम्रो लयमा देखिएका छैनन्। एमएम कपकै अघिल्लो खेलमा आर्मीसंग पराजित हुँदा उनले २३ रन बनाएका थिए। यस्तै भर्खरै सम्पन्न पिपिएलमा पनि उनको प्रदर्शन खास रहन सकेको थिएन।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]