सन्दिप सहित ३ विदेशी खेलाडी दिल्लीद्वारा रिटेन, यस्तो बन्यो टिम

इन्डियन प्रिमियर लिग ( आईपीएल ) टिम दिल्ली क्यापिटल्सले अक्सन अघि रिटेन गर्ने खेलाडीहरुको नाम सार्वजनिक गरेको छ। आईपीएलको अक्सन आगामी महिना कोलकातामा हुँदैछ।

दिल्लीले ३ जना विदेशी खेलाडी सहित कुल १४ खेलाडीहरुलाई टिममा यथावत ( रिटेन ) गरेको छ।

रिटेन हुने विदेशी खेलाडीहरुमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने पनि रहेका छन्। सन्दिपलाई दिल्लीले २०१८ को सिजनमा २० लाख भारुमा टिममा भित्र्याएको थियो। यस्तै तिब्र गति बलर कागीसो रबाडा र वेस्ट इन्डिजका अलराउण्डर किमो पौल पनि टिममै रहनेछन्।

रिटेन हुने भारतीय खेलाडीहरुमा शिखर धवन, प्रिथ्भी शा, श्रेयस ऐयर, रिशभ पन्त, इशान्त शर्मा, अजिंके रहाने,रभीचन्द्रन आश्विन, अक्षर पटेल, अमित मिश्रा, हर्षल पटेल, आभेस खान रहेका छन्। रभीचन्द्रन आश्विन र अजिंके रहानेलाई टिमले यो सिजन खरिद गरेको हो।

आईपीएलको गत सिजन तेश्रो स्थान हाँसिल गरेको दिल्लीले ६ जना भारतीय र ३ विदेशी खेलाडीलाई रिलिज गरेको छ। क्रिस मोरिस, कोलिन इन्ग्रम र कोलिन मुनरो, हनुमा बिहारी, जलज सक्सेना, मनजोत कालरा, अंकुश बैन, नाथु सिंह र बन्दरु अयाप्पालाई टिमले विदा गरेको छ।

दिल्लीले यस अघिनै शरफेन रुथरफोर्डलाई मुम्बईमा, जगदिशा सुचितलाई पन्जाबमा, ट्रेन्ट बोल्टलाई मुम्बईमा, राहुल तेवतिया र मायाँक मारकन्डेलाई राजस्थानमा ट्रेड गरिसकेको छ।

लेग स्पिनर राहुल तेवतिया र मायाँक मारकन्डेलाई ट्रेड गरेपछि सन्दिप लामिछानेलाई टिममा पर्न केहि सहज भएको छ। तेवतिया र मारकन्डे राजस्थानलाई दिएर दिल्लीले अजिंके रहानेलाई लिएको हो।

यस्तो बन्यो दिल्ली टिम :- 

ब्याट्सम्यान – श्रेयस ऐयर, प्रिथ्भी शा, शिखर धवन
विकेट किपर – रिशभ पन्त
बलर – इशान्त शर्मा, अमित मिश्रा, आभेस खान, सन्दिप लामिछाने र कागीसो रबाडा
अलराउण्डर – किमो पौल, अक्षर पटेल, हर्षल पटेल
टिमले किनेको नयाँ खेलाडीहरु – रभीचन्द्रन आश्विन, अजिंके रहाने

सन्दिप लामिछानेले गत सिजन दिल्लीको लागि ६ खेल खेल्ने क्रममा ८ विकेट लिएका थिए। अमित मिश्रा, अक्षर पटेल, रभीचन्द्रन आश्विन जस्ता अनुभवी स्पिनर टिममा हुँदा सन्दिपलाई अन्तिम-११ मा पर्न यो सिजन पनि मुस्किल पर्ने देखिन्छ।

दिल्लीले गत वर्ष सुधारिएको प्रदर्शन गर्ने क्रममा लिग चरणमा १४ मध्ये ९ खेल जित्दै तेश्रो स्थान हाँसिल गरेको थियो। लिग चरण पछि इलिमीनेटरमा दिल्लीले हैदरावादलाई २ विकेटले पराजित गरेको थियो। दोश्रो क्वालीफायरमा चेन्नईसंग ६ विकेटले पराजित हुँदा दिल्लीको यात्रा समाप्त भएको थियो। गत सिजन मुम्बईले चेन्नईलाई १ रनले पराजित गर्दै लिगको उपाधि जितेको थियो।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]