सन्दीप लामिछानेको उत्कृष्ट बलिङ, लाहोर भने पराजित

नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएपनि पाकिस्तान सुपर लिग पिएसलमा उनको टिम लाहोर कलन्दर्स कराची किंग्ससँग पराजित भएको छ।

सन्दीपले ४ ओभरमा किफायती बलिङ गर्दै २ विकेट लिएपनि हार टार्न सकेनन्।

इफ्तीखर अहमदले अलराउण्ड प्रदर्शन गर्दा कराचीले लाहोरलाई ५ विकेटले पराजित गरेको हो।

लाहोरले दिएको १३४ रनको लक्ष्य कराचीले १९.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

बलिङमा २ ओभरमा ४ रन खर्चेर २ विकेट लिएका इफ्तीखर अहमदले ब्याटिङमा पनि नटआउट ३३ रन बनाएपछि कराचीले सिजनको तेस्रो जित हात पार्‍यो। कराचीमा लागि लिअम लिभिङस्टोनले ३८ रन योगदान गरेका। यस्तै इमाद वासिम १९ रनमा नटआउट रहे।

युवा लेगस्पिनर सन्दीप लामिछानेले पिएसमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै कराचीका दुई ठूला ब्याट्सम्यानलाई आउट गरेका थिए। सन्दीपले तेस्रो ओभरमा बाबर अजाम (११) र पाँचौ ओभर कलिन मुनरो (१५) लाई आउट गर्दै लाहोरलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

अजाम टी २० वरीयतमामा पहिलो र मुनरो दोस्रो वरीयतामा रहेका ब्याट्सम्यान हुन्। अन्य बलरले राम्रो बलिङ गर्न नसक्दा लाहोरले चौथो हार बेहोर्नुपरेको हो। लाहोरका डेविड वाइजले ४ ओभरमा १६ रन खर्चे पनि विकेट लिन सकेनन्। अन्य बलर भने महँगा सावित बने।

सन्दीपले पिएसको पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गरिरहँदा ४ खेलमा १० विकेट लिइसकेका छन्।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको लाहोरले २० ओभरमा ५ विकेट गुमाएर १३३ रन बनाएको थियो। लाहोरका लागि ए बी डे भिलियर्सले सर्वाधिक ३३ रन बनाउँदा सोहेल अख्तरले नटआउट २९ रन बनाए।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]