सागको लागि बंगलादेशद्वारा बलियो क्रिकेट टिमको घोषणा

१३ औं दक्षिण एसियाली खेलकुद ( साग ) मा सहभागी हुने बंगलादेश अन्डर-२३ पुरुष राष्ट्रिय टिमको घोषणा भएको छ।

बंगलादेश क्रिकेट बोर्डले शुक्रबार सागको लागि बंगलादेश राष्ट्रिय क्रिकेटर नाज्मुल हुसेनको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो।

साग अन्तर्गत पुरुष क्रिकेट डिसेम्बर ३ ( मंगलबार ) देखि सुरु हुँदैछ। आयोजक नेपाल सहित साग पुरुष क्रिकेटमा बंगलादेश यु-२३, श्रीलंका यु-२३, भुटान र माल्दिभ्स गरि ५ टिम सहभागी रहेका छन्। भारत र पाकिस्तानले भने सहभागिता जनाएनन्। सहभागी ५ वटा टिमले एक अर्का बिरुद्ध १/१ खेल खेलीसकेपछि अंकतालिकामा उत्कृस्ट हुने २ टिमले स्वर्ण पदकको लागि तथा तेश्रो र चौथो हुने टिमले रजत पदकको लागि खेल्नेछ।

साग क्रिकेट पुरुषतर्फको खेल तालिका 

बंगलादेशले साग अन्तर्गत पहिलो खेल डिसेम्बर ४ मा माल्दिभ्ससंग खेल्नेछ। यस्तै दोश्रो खेल डिसेम्बर ६ मा भुटानसंग, तेश्रो खेलमा डिसेम्बर ७ मा नेपालसंग तथा चौथो खेल श्रीलंकासंग डिसेम्बर ८ मा खेल्नेछ। साग पुरुष क्रिकेट अन्तर्गत सबै खेलहरु टियु मैदानमा हुँदैछन्।

“हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो। हामीलाई थाहा भए अनुसार नेपालमा अहिले जाडो मौसम रहेको छ त्यसैले हामिले त्यहाँको मौसममा चाडो घुलमिल हुनु पर्नेछ” कप्तान नाज्मुलले बताएका छन्।

निकै बलियो छ सागमा बंगलादेश टिम 

सागको लागि बंगलादेश क्रिकेट बोर्डले बलियो टिमको घोषणा गरेको छ जसमा बंगलादेश राष्ट्रिय क्रिकेटरहरु रहेका छन्। कप्तान नाज्मुल हुसेन सहित सौम्य सरकार, अफिफ हुसेन, नइम शेख र जाकिर हसन जस्ता राष्ट्रिय क्रिकेटरलाई उसले छनौट गरेको छ।

सागको लागि ३ जना खेलाडीहरु २३ वर्ष माथिको खेलाउन पाउने हुनाले बंगलादेशले सिनियर खेलाडीहरुलाई टिममा समावेस गरेको हो। गत महिना बंगलादेशमा सम्पन्न एसीसी इमर्जिंग टिम्स एसिया कपमा रहेका अधिकांश खेलाडीहरुलाई समावेस गर्दै बंगलादेशले टिम घोषणा गरेको छ। बंगलादेश उक्त प्रतियोगितामा फाइनलमा पाकिस्तानसंग पराजित भएको थियो। यस्तै टिममा बंगलादेश क्रिकेट बोर्ड टिमको लागि , यु-१९ तथा बंगलादेश प्रिमियर लिग खेलीसकेका खेलाडीहरु पनि रहेका छन्।

नैम शेखले गत महिना भारत बिरुद्ध टि-२० मा ८१ रन बनाएका थिए

कप्तान नाज्मुलले बंगलादेशको लागि २ वटा टेस्ट, ३ वटा एकदिवसीय र ३ वटा टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन्। २१ वर्षीय नाज्मुलले २०१७ मा न्युजिल्याण्ड बिरुद्ध क्राइस्टचर्चमा बंगलादेशको लागि टेस्ट डेब्यु गरेका थिए। उनले गत महिना इमर्जिंग टिम्स एसिया कपमा नेपाल बिरुद्ध अविजित ५९ रन बनाएका थिए। उक्त प्रतियोगितामा उनले भारत बिरुद्ध ९४, अफगानिस्तान बिरुद्ध ५९ तथा पाकिस्तान बिरुद्ध ४६ रन बनाएर उत्कृस्ट प्रदर्शन गरेका थिए।

यस्तै २६ वर्षीय अलराउण्डर सौम्य सरकारसंग बंगलादेशको लागि १५ टेस्ट, ५५ एकदिवसीय र ४६ टि-२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ। उनले एकदिवसीयमा २ तथा टेस्टमा १ शतक प्रहार गरेका छन्। २०१४ देखी उनि बंगलादेशको लागि खेलीरहेका छन्।

भारतसंग गत महिना टि -२० अन्तर्राष्ट्रिय खेलेका मोहम्मद नैम शेखलाई पनि टिममा समावेस गरिएको छ। भारत बिरुद्ध उनले सिरिजको तेश्रो टि -२० मा ४८ बलमा ८१ रन बनाएका थिए।

सौम्य सरकार २०१४ देखि बंगलादेशको लागि खेलीरहेका छन्

यस्तै २० वर्षीय अफिफ हुसेनले बंगलादेशको लागि ८ टि-२० खेलीसकेका छन्। गत वर्ष श्रीलंका बिरुद्ध घरेलु मैदानमा डेब्यु गरेका उनले इमर्जिंग टिम्स कपमा राम्रो ब्याटिंग प्रदर्शन गरेका थिए।

बंगलादेशले टिममा राष्ट्रिय टिमबाट खेलीसकेका लेग स्पिनर अमिनुल इस्लामलाई पनि खेलाउन खोजेको थियो तर अन्तिम समयमा उनि हातको चोटको कारण टिमबाट बाहिरिनु परेको हो। उनको सट्टा अर्का लेग स्पिनर मिन्हाजुल अफ्रिदीलाई टिममा राखिएको छ। अफ्रिदीले नेपाल बिरुद्ध गत महिना बंगलादेशमा आयोजित इमर्जिंग टिम्स एसिया कपमा ३ विकेट लिएका थिए।

बंगलादेशको १५ सदस्यीय टिम : मोहम्मद सैफ हसन, नैम शेख, अफिफ हुसेन ध्रुबो, जाकिर हसन, नाज्मुल हुसेन शान्टो ( कप्तान ) , यासिर अलि चौधरी, सयद  मिन्हाजुल अबेदीन अफ्रिदी, सुमोन खान, महिदुल इस्लाम भुइयान अङ्कोन, तन्भिर इश्लाम, मनिक खान, मेहेदी हसन राना, सौम्य सरकार, महदी हसन , हसन महमुद

सागमा नेपालको खेलतालिका र टिम 

साग क्रिकेट अन्तर्गत नेपाली पुरुष क्रिकेट टिमले पहिलो खेल श्रीलंका यु-२३ संग डिसेम्बर ३ मा खेल्दैछ। दोश्रो खेल भुटानसंग डिसेम्बर ५ मा, तेश्रो खेल माल्दिभ्ससंग डिसेम्बर ६ मा तथा चौथो खेल बंगलादेशसंग डिसेम्बर ७ मा खेल्नेछ। श्रीलंकासंगको खेल ११ बजे, भुटानसंग ९ बजे, माल्दिभ्ससंग १ बजे तथा बंगलादेशसंग ११ बजे सुरु हुनेछ। कास्य पदकको लागि र स्वर्ण पदकको लागि खेल ११ बजे सुरु हुनेछ। डिसेम्बर ९ ( मङ्सिर २३ ) मा कास्य पदकको लागि अंकतालिकामा तेश्रो र चौथो हुने टिमबीच खेल हुनेछ भने स्वर्ण पदकको लागि फाइनल खेल डिसेम्बर १० ( मङ्सिर २४ ) मा खेलिनेछ।

सागको लागि नेपाली पुरुष टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र ऐरि , पारस खड्का, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने, बिनोद भण्डारी, अविनाश बोहरा, सुशन भारि, कुशल भुर्तेल, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित राजबंशी, रासिद खान





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]