सागरले घातक बलिंग गर्दा दोश्रो अभ्यास खेलमा नेपाली यु-१९ टिमको सानदार जित

सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर-१९ एसिया कपको तयारीको लागि श्रीलंकामा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले दोश्रो अभ्यास खेलमा बदुरलिया क्रिकेट क्लबलाई ८० रनले सहजै पराजित गरेको छ।

खेलमा नेपालले पहिले ब्याटिंग गर्ने क्रममा ४६.४ ओभरमा सबै विकेट गुमाएर २०६ रन बनाएको थियो। नेपालको इनिंगको क्रममा खेल वर्षाले २ घण्टा रोकिएको हुँदा दोश्रो इनिंगको खेल ३१ ओभरमा घटाएर खेलाइएको थियो र डीएल मेथड अनुसार ३१ ओभरमा १६५ रनको लक्ष्य दिईएको थियो। लक्ष्य पछ्याउने क्रममा बदुरलियाले २३.१ ओभरमा ८४ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

यस अघि पहिलो अभ्यास खेलमा नेपाल सिन्हालिज स्पोर्ट्स क्लब यु-२३ टिमसंग रोमान्चक खेलमा ३ विकेटले पराजित भएको थियो। नेपालले अब तेश्रो अभ्यास खेल शुक्रबार चिलाउ मरियन्स क्लब बिरुद्ध खेल्नेछ।

सागरको घातक बलिंग  

लक्ष्य पछ्याउने क्रममा सुरुवात देखि विकेट गुमाएको बदुरलियाका ब्याट्सम्यानहरुले ठुलो साझेदारी गर्न सकेनन्। फलस्वरूप नेपाली स्पिनरहरु बदुरलिया माथि हावी हुन पुगे।

Sagar Dhakal ( File Pic )

देब्रे हाते स्पिनर सागर ढकाल, र अफ स्पिनर पवन सर्राफले घरेलु टिमको इनिंग ध्वस्त पारे। सागर एक्लैले ५ विकेट लिए भने पवन सर्राफले २ विकेट लिए। इनिंगको सुरुवातमा तिब्र गति बलर कमल ऐरीले २ विकेट लिएका थिए। कुशल मल्लले १ विकेट लिए।

रित र हरिको उत्कृस्ट इनिंग 

खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै नेपालले ४६.४ ओभरमा सबै विकेट गुमाएर २०६ रन बनाएको थियो ।

खराब सुरुवात गरेको नेपालको माथिल्लो क्रमका ब्याट्सम्यानहरुले लगातार विकेट गुमाउन पुगेका थिए। पवन सर्राफ खाता नखोली पहिलो ओभरमै आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो। त्यसपछि अघिल्लो खेलम अर्धशतक बनाएका आसिफ शेख १४ रन, खडक बोहरा २ रन तथा कप्तानरोहित पौडेल ३ रन बनाएर आउट भए। फलस्वरूप नेपालको योगफल आठौँ ओभरमा ३३/४ पुग्यो।

Rit Gautam

अर्को किनारमा विकेट गुमेता पनि ओपनर रितले धैर्यतापूर्वक ब्याटिंग गरे। छैठौं नम्बरमा ब्याटिंग गरेका सन्दिप जोराले रितको साथ दिए। पाँचौ विकेटको लागि ५२ रनको साझेदारी गरेपछि जोरा रन बनाएर २१ औं ओभरमा आउट भए।

८५/५ बाट नेपाल सानो योगफलमा समेटिने खतरा थियो तर सातौँ नम्बरमा ब्याटिंग गर्न आएका हरि बहादुर चौहानले रितलाई राम्रो साथ दिए। छैठौं विकेटको लागि दुवैले शतकीय ( १०१ रन ) साझेदारी गरे।

रित ७६ रन बनाएर आउट भए भने अर्धशतक पुरा गरेर हरि पनि ५६ रन बनाएर आउट भए। कुशल मल्ल खाता नखोली आउट भए।

Hari Chauhan

४४ औं ओभरमा रित आउट भएपछि भने नेपालले लगातार विकेट गुमाएको थियो। १८६/६ बाट २० रन जोड्दा बाँकी ४ विकेट नेपालले गुमाउन पुग्यो।

यु-१९ एसिया कप अन्तर्गत नेपाल समुह ‘बि’ मा रहेको छ जुन समुहमा आयोजक श्रीलंका सहित बंगलादेस र युएई रहेका छन्। यस्तै समुह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा एक-अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

नेपालले सेप्टेम्बर ६ तारिखमा आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ। यस्तै सेप्टेम्बर ८ मा बंगलादेशसंग दोश्रो खेल तथा सेप्टेम्बर १० मा युएईसंग तेश्रो खेल खेल्नेछ। सेप्टेम्बर १२ मा सेमीफाइनल र सेप्टेम्बर १४ मा फाइनल खेलिनेछ।

( फोटोहरु – फाइल तस्बिर )





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]