साग पुरुष क्रिकेट : श्रीलंकाद्वारा बंगलादेश विशाल अन्तरले पराजित

दक्षिण एसियाली खेलकुद पुरुष क्रिकेट अन्तर्गत आइतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलंका यु-२३ ले बंगलादेश यु-२३ लाई ९ विकेटले पराजित गरेको छ।

टियु मैदानमा सम्पन्न खेलमा बंगलादेशले दिएको १५१ रनको लक्ष्य श्रीलंकाले मात्र १ विकेट गुमाएर १६.१ ओभरमै पुरा गर्यो।

श्रीलंकाको जितमा लासिथ क्रसपुल्लेले सर्वाधिक ७३ तथा पाथुम निस्संकाले ६७ रन बनाए। निस्संकाले ५२ बलमा ३ छक्का र ५ चौका तथा क्रसपुल्लेले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे। अविजित इनिंग खेल्ने क्रममा निस्संका र क्रसपुल्ले दोश्रो विकेटको लागि १३४ रनको साझेदारी गरे।

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५० रन बनाएको थियो। उसको लागि यासिर अलिले सर्वाधिक ५१ तथा महिदुल इस्लामले ४४ रन बनाए। श्रीलंकाको बलिंगमा असिथा फर्नान्डोले सर्वाधिक २ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच लासिथ क्रसपुल्ले घोषित भए।

जितसंगै श्रीलंका सबै ४ खेलमा जित सहित अंकतालिकाको शिर्ष स्थानमा तथा बंगलादेश ४ खेलमा ३ जित र १ हार सहित दोश्रो स्थानमा रह्यो। श्रीलंका र बंगलादेशले स्वर्ण पदकको लागि तथा नेपाल र माल्दिभ्सले कास्य पदकको लागि सोमबार खेल्नेछन्।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]