साग महिला क्रिकेटः बंगलादेशद्वारा श्रीलंका पराजित

पोखरा, १३ औं दक्षिण एशियाली महिला क्रिकेट प्रतियोगितामा बंगलादेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो।

टस हारेपछि व्याटिङमा आएको श्रीलंकाले पुरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो । श्रीलंकाको तर्फबाट यु थिमासिनीले ५६ रनको पारी खेलिन् । ४९ बलको सामना गरेकी उनले ४ छक्का र ५ चौका प्रहार गरेकि थिइन् । क्याप्टेन एच माधवीले ३० बलमा १ छक्का र २ चौका प्रहार गर्दै ३३ रन बनाइन् । त्यस्तै एस संदिपनीले १२ रन जोडेकी थिइन् भने बंगलादेशले अतिरिक्त ७ रन दिएको थियो । बंगलादेशको बलिङ्गमा नहिदा अख्तरले ४ तथा जहनर आलमले १ विकेट लिइन् ।

१ सय २३ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.२ ओभरमा ३ विकेट गुमाएर विजयी लक्ष्य पार गरेको थियो । बंगलादेशको तर्फबाटसंजिदा इस्लामले अभिजित ५१ तथा आयसा रहमानले २९ रनको महत्वपूर्ण योगदान दिए । संजिदाले ४५ बलमा ८ चौका प्रहार गरिन भने आयसाले २ चौका प्रहार गरेकि थिइन् । खेलको अन्तिम तिर ब्याटिङमा आएकि फरगंगा हकले अभिजित रहँदै २३ रन बनाइन् । मात्रै १८ बलको सामना गरेकि उनले १ छक्का १ चौका प्रहार गरिन्।

श्रीलंकन बलरहर यु थिमासिनी, एस निसानसला र थारिक सिवान्डीले समान एक–एक विकेट लिए। खेलमा बंगलादेशकि संजिदा प्लेयर अफ द म्याच भइन् । नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतमले उनलाई ट्रफि प्रदान गरेका थिए ।

खेलपछि प्रतिक्रिया दिंदै बंगलादेशी कप्तान सलमान खातुनले क्रिकेटका लागि पोखराको वातावरण निकै राम्रो भएको बताउँदै पहिलो खेलमा आफ्ना खेलाडीहरुको प्रर्दशन चित्त बुझ्दो भएको बताइन् । श्रीलंकाकी कप्तान हर्षिताले वलिङ र फिल्डीङमा अझै सुधारको खाँचो रहेको औल्याइन् ।

प्रतियोगिता अन्तर्गत बुधबार विहान ९ बजे नेपाल र बंगलादेशविच तथा दिउँसो १ बजे श्रीलंका र माल्दिभ्सविच प्रतिस्पर्धा हुनेछ।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]