सुदूरद्वारा ललितपुर पराजित

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोली ललितपुर मेयर्स एघारलाई डिएलएसमा पराजित गरेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा डिएल मेथडमा १६ रनले विजयी भएको हो ।

१ सय २२ रनको लक्ष्य पछ्याएर टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनायो ।

सुदूरका लागि कप्तान बिन्दु रावलले २८ बलमा ३ चौकाको सहयोगमा ३० रन बनाईन् । कविता जोशीले २० बलमा २ छक्काको सहयोगमा अविजित २५ रन बनाईन् । सावित्री धामीले २० बलमा २ चौकाको सहयोगमा १७ रन बनाईन् ।

ललितपुर एघारका लागि आरती महतो र कृतिका मरासिनीले समान २/२ तथा तिर्सना बुढाथोकी र पूजा महतोले समान १/१ विकेट लिए ।

प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका शीर्ष चार टोली र आयोजक ललितपुर एघारको सहभागीता रहेको छ ।





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]