सुरु भयो टिपीएल, सोबले उत्कृस्ट इनिंग खेल्दा पाल्पाली लेजेंड्सको जित

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शनिवार देखि तिलोत्तमा प्रिमियर लिगको तेश्रो संस्करण सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा पाल्पाली लेजेन्ड्सले सुपर-११ भैरहवालाई ४ विकेटले पराजित गर्यो।

टस हारेर ब्याटिंग गरेको भैरहवाले दिएको १३७ रनको लक्ष्य पाल्पालीले ६ विकेट गुमाएर पुरा गर्यो। जितमा पाल्पालीमा रहेका राष्ट्रिय क्रिकेटर बिक्रम सोबले सर्वाधिक ३६ बलमा ४८ रन तथा सुबेन्दु पाण्डेले १६ बलमा ३२ रनको योगदान दिए। सोबनै प्लेयर अफ द म्याच समेत चुनिए। सुपर-११ बलर राज भण्डारीले ३ तथा शाहब आलमले २ विकेट लिएता पनि जितको लागि प्रयाप्त हुन सकेन।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा सुपर-११ भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो। उसको लागि यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका सुशान्त सिंह थापाले ४९ बलमा ५७ रनको योगदान दिएका थिए। यस्तै महेस रानाले १८ र बिशाल बिक्रम केसीले ११ रन बनाए। पाल्पालीका बलर विजय चौधरीले ३ तथा सुरेश गोदारले २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत आइतबार तिनाउ टाईटन्सले रेन्बो ज्ञानोदय गोल्ड्सको तथा दोश्रो खेलमा सियारी राइनोजले पाल्पाली लेजेन्ड्सको सामना गर्नेछ।

तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा संचालित प्रतियोगिताको प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले शनिबार बिहान उद्घाटन गरेका थिए ।

प्रतियोगितामा कुल १० टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेता टिमले ४ लाख तथा उप-विजेता टिमले २ लाख रुपैयाँ प्राप्त गर्नेछ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]