काठमाडौं । सूर्यकुमार यादवको शतकको सहयोगमा मुम्बई इण्डियन्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ ।
घरेलु मैदान वांनखडेमा भएको खेलमा मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो ।
हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७ दशमलब २ ओभरमा ३ विकेट मात्र गुमाएर पूरा गर्यो ।
मुम्बईको जितमा सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का सहित १ सय २ रनको शतकीय अविजित इनिङ खेले ।
तिलक बर्माले ३२ बलमा ६ चौका प्रहार गर्दै ३७ रन बनाए । चौथो विकेटका लागि बर्मा र यादबले १ सय ४३ रनको विजयी साझेदारी गरे ।
हैदराबादका लागि भुवनेश्वर कुमार, मार्को यानसन र प्याट कमिन्सले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो ।
हैदराबादका लागि ट्राभिस हेडले ३० बलमा ७ चौका र १ छक्का सहित ४८ रन बनाए । यस्तै कमिन्सले १७ बलमा अविजित३५ रन बनाए । नितिश रेड्डीले १५ बलमा २० रन बनाए ।
मुम्बईका कप्तान हार्दिक पन्ड्या र पियुस चावलाले समान तीन तीन , अंशुल कम्बोज र जसप्रित बुमराहले समान एक विकेट लिए ।
जित पछि मुम्बई १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ । पराजित हैदराबाद ११ खेलमा १२ अंक सहित चौथो छ ।