सोमपालको अर्धशतक बाबजुद, ओलिभरले घातक बलिङ्ग गर्दा नेपाल सहजै पराजित

इंग्ल्याण्डको मेरिलेबन क्रिकेट क्लब ( एमसीसी ) को नेपाल भ्रमण अन्तर्गत तिन दिवसीय प्रथम श्रेणी मान्यता प्राप्त खेलमा एमसीसीले नेपाललाई २०८ रनको ठुलो अन्तरले पराजित गरेको छ।

खेलको तेश्रो दिन विहानी सत्रमा एमसीसीले १८१/६ को योगफल बनाएर इनिंग समाप्तिको घोषणा गरेपछि नेपालले खेल जित्न ३९३ रनको लक्ष्य पाएको थिए। लक्ष्य पछ्याउने क्रममा नेपालले दोश्रो इनिंगमा ४०.४ ओभरमा १८४ रन बनाएर सम्पूर्ण विकेट गुमाउन पुग्यो। स्कोरकार्ड 

नेपालको लागि दोश्रो इनिंगमा सोमपाल कामिले सर्वाधिक ५१ रन बनाए। उनले ८३ बलमा ५ चौका र १ छक्का प्रहार गरे। उनि अन्तिम विकेटको रुपमा आउट भए।

लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको नेपालले पहिलो ७ विकेट ७८ रनमै गुमाईसकेको थियो।  कप्तान ज्ञानेन्द्र मल्ल ६ रन, शरद भेसावकर १५, आरिफ शेख १९ , राजु रिजाल ३१ रन बनाएर आउट भए भने दिपेन्द्र ऐरि, बिनोद भण्डारी र पवन सर्राफले खाता खोल्न सकेनन्।

आठौँ विकेटको लागि सोमपाल कामि र करन केसीले ४६ रनको साझेदारी गरे। करन १८ रन बनाएर आउट भएपछि ब्याटिंग गर्न आएका सन्दिप लामिछानेसंग सोमपालले ५० रनको साझेदारी गरे। पहिलो इनिंगमा ३९ रन बनाएका सन्दिपले दोश्रो इनिंगमा पनि २५ रन बनाए जुन क्रममा १९ बलमा १ चौका र २ छक्का प्रहार गरे।

ओलिभरले ५ विकेट लिए। फोटो – क्रिकइन्फो

एमसीसीको लागि बलिङ्गमा तिब्र गति बलर ओलिभर हानोन डाल्बीले सर्वाधिक ५ विकेट लिए। उनले राजु रिजाल, शरद भेसावकर, आरिफ शेख, दिपेन्द्र ऐरि र पवन सर्राफको विकेट लिए। ६ ओभरमा उनले २ मेडन गर्दै ११ रन मात्र खर्चिए। यस्तै अफ स्पिनर एलेक्स थोम्पसनले ३ विकेट तथा क्रिस राइट र माइल्स ह्यामोनडले १/१ विकेट लिए।

खेलमा टस जितेर नेपालले पहिले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको एमसीसीले पहिलो इनिंगमा ३६४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। त्यसपछि नेपालले पहिलो इनिंगमा १५३ रनमै सम्पूर्ण विकेट गुमाएको थियो। पहिलो इनिंगमा पाएको २११ रनको अग्रता पछि ब्याटिंग गरेको एमसीसीले दोश्रो इनिंग १८१/६ मा समाप्तिको घोषणा गरेको थियो।

खेलपछि प्रतिक्रिया दिने क्रममा कप्तान ज्ञानेन्द्र मल्लले तिन दिवसीय फर्म्याट नेपालको लागि निकै नयाँ भएको जसकारण संघर्ष गर्नु परेको बताए। ब्याट्सम्यानहरुले भने सोचे अनुरुप प्रदर्शन गर्न नसकेको समेत उनले बताए। फिल्ड सेट गर्न पनि खेलको दौरान समस्या भएको उनले स्वीकारे। यस्तै ५ विकेट लिएका एमसीसी बलर ओलिभर हानोन डाल्बीले नेपाली खेलाडीहरु ५० ओभर क्रिकेटमा राम्रो भएता पनि तिन दिवसीयमा सिक्ने क्रममा रहेको बताए। उनले सोमपाल कामिको इनिंगको भने तारिफ गर्दै उनले धैर्यता देखाएको बताए।

एमसीसीले अब काठमाडौँमा अन्तिम खेल शनिवार नेपाली राष्ट्रिय टिम र यु-१९ टिम मिश्रित टोलिसंग टि-२० खेल खेल्नेछ। खेलमा नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन्।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]