हारका बाबजुत बलियो एमसीसी बिरुद्द युवा टोलीको उत्कृस्ट प्रदर्शन

नेपाल भ्रमणमा रहेको इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले भ्रमण अन्तर्गतको पहिलो खेलमा नेपाल यु १९ बिरुद्द ३८ रनको जित निकालेको छ । हारका बाबजुत नेपालको युवा टिमले बलियो पाहुना टोली बिरुद्द उत्कृस्ट प्रदर्शन गर्यो । (स्कोरकार्ड )

जितको लागि ३३५ रनको बिशाल लक्ष्य पछ्याएको यु१९ टिमले ५० ओभरको खेलमा ९ विकेट गुमाएर २९६ रन बनायो । नेपालका लागि हरि बहादुर चौहानले ५० रनको महत्त्वपूर्ण पारि खेले । उनि अर्धशतक बनाउने बित्तिकै क्याच आउट भए । सम्हालिएर ब्याटिंग गर्दै उत्कृस्ट सुरुवात दिलाएका ओपनर तथा कप्तान रित गौतमले पनि ४५ रन बनाए । उनकै उत्कृस्ट पारीको मद्दतमा नेपालले सुरुवाती पावरप्लेमा मात्र १ विकेट गुमाएर ७७ रन बनाएको थियो ।

अर्का ओपनर लोकेश बमले आक्रामक १८ रन बनाए । तेस्रो नम्बरमा पाएका खडक बोहरा रित गौतमसंगको उत्कृस्ट साझेदारी पछि पेभेलियन फर्किए । बोहराले २६ रन बनाए । त्यस्तै हरि बहादुर चौहानसंग पाचौं विकेटको लागि अर्धशाताकिया साझेदारी गरेका अरुन ऐरी ठुलो सट प्रहार गर्न खोज्दा ३० रनमा आउट भए ।

Hari Chauhan

२३८ रनमा आठौ विकेट गएपछि शेर मल्ल र आकाश चन्दले आक्रामक ब्याटिंग गर्दै आशा दिलाएका थिए । तर आवश्यक रनरेटले उकालो लागिसकेको थियो । दुवै मिलेर योगफल २९३ रन बनाएपछि आकाश ३० रनमा आउट भए । शेर २८ रनमा अविजित रहे ।

यसअघि किर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको एमसीसीको लागि ओपनर विल रोड्सले ९३ रन, इंग्ल्याण्डका लागि ५ टेस्ट खेलेका टम विल्ट्लेले ६५ रन र मिल्स ह्याम्मोण्डले ६५ रन बनाए । यस्तै अन्त्यतिर एड योङ्गले ३२ बलमा ४ चौका र ३ छक्का सहित अविजित ४५ रन बनाए । एमसीसीले ५० ओभरमा ७ विकेट गुमाएर ३३४ रन बनाएको थियो ।

एमसीसीका कप्तान जिम्मी एडम्स डक आउट भए । नेपालका लागि शेर मल्ल र सागर ढकालले समान २/२ तथा आकाश चन्द र कुशल मल्लले समान १/१ विकेट लिए ।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]