१३ औं साग : मार्च पासमा नेपालको झन्डा पारसले बोक्ने

२०७६ मंसिर १४, शनिबार १२:५९

१३ औं दक्षिण एसियाली खेलकुद ( साग ) को मार्चपासमा नेपालको राष्ट्रिय झन्डा बोक्ने अवसर राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान पारस खड्काले पाएका छन्। साग मङ्सिर १५ देखि २४ सम्म काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना हुँदैछ।

नेपाली खेलकुदमा उत्कृस्ट योगदान दिने खेलाडीहरुलाई यस्तो मौका दिईने गरिन्छ। नेपाली क्रिकेट टिमको सन् २००९ देखि २०१९ सम्म दस वर्ष कप्तानी गरेका पारसले यो अवधिमा सन् २०१४ टि-२० विश्वकप तथा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउदा नेपाली क्रिकेट टिमको कप्तानी गरेका थिए।

यस अघि भारतमा सम्पन्न १२ औं सागमा नेपालकोतर्फबाट पौडी खेलाडी ऋतिक सिंहले झन्डा बोकेकी थिईन्।

पारसले २०१४ टि-२० विश्वकपमा नेपालको कप्तानी गरेका थिए

गत महिना नेपालको कप्तानीबाट राजिनामा दिएका पारस नेपाली टिमको महत्वपूर्ण सदस्यको रुपमा साग खेल्नेछन्। साग आयोजकले खेल छान्न पाउने आधारमा नेपालले क्रिकेटलाई समावेस गरेको हो। साग अन्तर्गत पुरुष क्रिकेटमा नेपालले श्रीलंकासंग पहिलो खेल खेल्नेछ। 

दिपक बिस्टले ओलम्पिक टर्च बाल्ने 

सागको उद्घाटन डिसेम्बर १ ( आइतबार ) मा हुँदैछ। दशरथ रंगाशालामा हुने उद्घाटन समहोर ३ घण्टा चल्नेछ जसको राष्ट्रपति बिद्या भण्डारीले उद्घाटन गर्नुहुनेछ।

नेपाली खेलकुदका अर्का कीर्तिमानी खेलाडी दिपक बिस्टले ओलम्पिक टर्च बाल्ने भएका छन्। बिस्टले आठौँ देखि ११ औं सागसम्म तेक्वान्दोमा स्वर्ण पदक जितेका थिए। यस्तै चौथो पटक सागमा नेपालको प्रतिनिधित्व गर्ने तेक्वान्दोकै खेलाडी आयशा शाक्यले खेलाडीको तर्फबाट सपथ लिनेछिन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy