१४ दिन क्वारेन्टाइन पछि सुरु भयो वेस्टइन्डिजको अभ्यास खेल ( फोटो फिचर र स्कोर सहित )

टेस्ट सिरिज खेल्न इंग्ल्यान्ड पुगेको वेस्टइन्डिज क्रिकेट टिमले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बसेपछि मंगलबार म्यानचेस्टरमा अभ्यास सुरु गरेको छ। भ्रमणमा पुगेको २५ सदस्यीय टिमलाई दुइ भागमा बाँड्दै आफु-आफु बीच वेस्टइन्डिजले तिन दिवसीय अभ्यास खेल सुरु गरेको हो।

अभ्यास खेल अन्तर्गत कार्लोस ब्राथवेटले नेतृत्व गरेको टिम ब्राथवेट-११ ले जेसन होल्डर नेत्रित्वको टिम होल्डर-११ बिरुद्ध पहिलो इनिंगमा ब्याटिंग गर्दै ७९ ओभरमा २७५ रन बनाउदै सबै विकेट गुमाएको छ।

ब्राथवेटले १६२ बलमा ९ चौका मद्दतले ८४ तथा शाइ होपले १२७ बलमा ११ चौका मद्दतले ८३ रन बनाए। दुवैले तेश्रो विकेटको लागि १०३ रनको साझेदारी गरे। अल्जारी जोसेफले १६ ओभरमा ६० रन खर्चेर ४ तथा शानोन ग्याब्रियलले १३ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए। रोच, म्याकस्विन र कर्नवालले १/१ विकेट लिए। एक समय २७३/५ को स्थितिमा रहेको ब्राथवेट-११ ले अन्तिम ५ विकेट मात्र २ रन जोड्दा गुमाएको थियो।

खेलमा विश्व नम्बर-१ टेस्ट अल-राउण्डर जेस होल्डरले भने सामान्य खुट्टाको चोटको कारण बलिंग गरेनन्।

वेस्टइन्डिज र इंग्ल्यान्ड बीच तिन टेस्ट म्याचको सिरिज ८ जुलाई देखि सुरु हुँदैछ। जुनमा खेलिने तय भएको सिरिज कोरोना महामारीको कारण सरेको थियो। दुइ देश बीचको सिरिज दर्शक विना कोरोना बिरुद्ध बायो-सेक्योर वातावरणमा ओल्ड ट्राफर्डमा सुरु हुनेछ।

पहिलो अभ्यास खेल पछि वेस्टइनिद्जले पुनः ओल्ड ट्राफोर्डमा ४ दिवसीय अभ्यास खेल खेल्ने तालिका रहेको छ। इंग्ल्यान्डले पनि १ जुलाई देखि आफु-आफु बीच तिन दिवसीय अभ्यास खेल खेल्नेछ।

अस्ट्रेलिया र न्युजिल्यान्ड बीच सिड्नीमा मार्च १३ मा खेलिएको दर्शक विहिन अन्तिम एकदिवसीय पछि अन्तर्राष्ट्रिय क्रिकेट हुनसकेको छैन।

हेर्नुस वेस्टइन्डिजको वार्मअप पहिलो दिनको खेल फोटोहरुमा 

         





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]