१९/६ को नाजुक अवस्थाबाट केन्यालाई पराजित गर्दै, पपुवा न्यु गिनी टि-२० विश्वकप खेल्न छनौट

पपुवा न्यु गिनी २०२० मा अस्ट्रेलियामा आयोजना टि-२० विश्वकप खेल्न छनौट भएको छ। पपुवा न्यु गिनी कुनै पनि आईसीसी विश्वकपमा छनौट भएको यो पहिलो पटक हो।


समुह ‘ए’ अन्तर्गत केन्या बिरुद्ध ४५ रनको जित निकाल्दै समान १० अंक रहेता पनि नेदरल्याण्डलाई नेट रन रेटमा पछि छाड्दै पपुवा न्यु गिनी छनौट भयो। समुह ‘बि’ अन्तर्गत आयरल्याण्ड विश्वकप छनौट  हुने लगभग पक्का जसोछ। समुह चरणको अन्तिम खेलमा युएईले क्यानडालाई ठुलो अन्तरले पराजित गरेको खण्डमा युएईको पनि छनौट हुने सम्भावना रहेको छ। आयरल्याण्डको नेट रन रेट +१.५९१ र युएईको +०.६५६ रहेकोले आयरल्याण्डलाई पछि पार्नु असम्भव जसो रहेको छ।

समुह चरणको खेलपछि दुइ समुहका उत्कृस्ट २ टिम स्वतः विश्वकपमा छनौट हुनेछन् भने अन्य उत्कृस्ट ३ मा रहेका टिमले प्ले-अफ खेलहरु खेलेपछि बाँकी ४ टोलिको टुंगो लाग्नेछ।

अंकतालिका 

१९/६ को स्थितिबाट पपुवा न्यु गिनीको कम्ब्याक 

केन्या बिरुद्ध ४५ रनको जित देख्दा ठुलो अन्तर देखिएता पनि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा पपुवा न्यु गिनी एक समय मात्र ४ओभरमा १९/६ को अत्यन्त कमजोर स्थितिमा थियो।

तर त्यसपछि सातौँ विकेटकोरुपमा सेसे बाउ र नोर्मन भानुवाले ७७ रनको साझेदारी गर्दै  टिमलाई उकासेका थिए। बाउले १७ रन बनाए भने भानुवाले ५४ रन बनाए जुन क्रममा ४८ बलमा ३ चौका र २ छक्का प्रहार गरे। सोहि साझेदारीको बलमा उसले १९.३ ओभरमा सबै विकेट गुमाएर ११८ रन बनायो। केन्याको बलिङ्गमा इमानुएल बुन्डीले १८ रन खर्चेर ४ विकेट लिए।

११९ रनको लक्ष्य पछ्याउने क्रममा केन्याले १८.४ ओभरमा ७३ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। पपुवा न्यु गिनीको बलिङ्गमा कप्तान असद भालाले मात्र ७ रन खर्चेर ३ विकेट लिए भने नोसैना पोकानाले २१ रन खर्चेर ३ विकेट लिए। केन्याको लागि ओपनर इरफान करिमले सर्वाधिक २९ रन बनाए।

नोर्मन भानुवा खेलको प्लेयर अफ द म्याच चुनिए।

ओमान पराजित 

आजै सम्पन्न अर्को खेलमा जर्सीले ओमानलाई १४ रनले पराजित गर्दै सिधा विश्वको छनौट हुनबाट रोक्यो। ओमानले जर्सीलाई पराजित गरेको भए आयरल्याण्डलाई पछि पार्दै ओमान सोझै छनौट हुने थियो। ओमानको हारले आयरल्याण्डको बाटो सहज भयो।

टस हारेर ब्याटिंग गर्दै जर्सीले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो। कप्तान जिसान मक्सुदले ५६ रन बनाएता पनि जितको लागि पर्याप्त रहन सकेन। जर्सी बलर डोमिनिक ब्लाम्पीड र इलिएट माइल्सले समान ३/३ विकेट लिए।

यस अघि जर्सीले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो। उसको लागि ओपनर निक फेराबीले सर्वाधिक ४१ रन बनाएका थिए। ओमान बलर मोहम्मद नदीमले ४ विकेट लिएका थिए।

प्लेअफ चरणको खेलहरु २९ अक्टोबर देखि सुरु हुनेछ जसबाट छनौट अन्य ४ टोलिको टुंगो लाग्नेछ।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]