१ दिन सर्यो पिपिएल, मुख्यमन्त्रि द्वारा ट्रफी अनावरण ( खेल तालिका सहित )

२०७६ मंसिर २८, शनिबार १०:५९

पोखरा। पोखरा प्रिमिएर लिग (पीपीएल) को उद्घाटन मिति सरेको छ। पीपीएलको आयोजक कुइन्स इभेन्ट म्यानेजमेन्ट प्रा.लिले भोलि हुने भनिएको उद्घाटन पर्सि आइतबारका लागि सारिएको जानकारी दिएको छ। पीपीएलको ट्रफी सार्वजनिक गरेपछि क्विन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले मौसम प्रतिकुलताका कारण उद्घाटन खेलको मिति सारिएको बताए।

अब आइतबारको उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेन्ससंग खेल्ने छ । पुस १२ सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

लिग सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ । आयोजकका अनुसार हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन् । लिग चरणमा सबै टिमले एक अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि अंकतालिकामा उत्कृस्ट हुने टिम सोझै फाइनल प्रवेश गर्नेछ। लिगको दोश्रो र तेश्रो हुने टिमले इलिमीनेटर खेल्नेछन् जसको विजेता फाइनल पुग्नेछ।

यस संकरणको पोखरा प्रिमियर लिग (पीपीएल)को विजेता टोलीले २७ लाख रुपैयाँ पाउने भएको छ । बिहीबार आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सार्वजनिक गरेको पुरस्कार राशि अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउने भएको छ।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई १ लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार दिइनेछ।

लिगमा गत सिजन जस्तै ६ सहरको प्रतिनिधित्व गर्ने टिमहरु खेल्दैछन्। यो पटक अघिल्लो सिजन लिग खेलेको टिम हुलास काठमाडौँ रोयल्सको सट्टा काठमाडौँ गोल्डेन वारियर्सले लिग खेल्नेछ। काठमाडौँ गोल्डेन वारियर्स राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवाल मालिक रहेको टिम हो। धनगढी प्रिमियर लिगमा काठमाडौँ गोल्डेन्स नामले सहभागिता जनाएको टिमले आफ्नो विदेशी खेलाडीलाई बलिंग गर्न प्रतिबन्ध लगाएपछि प्ले-अफ पुगेर लिग छोडेको थियो। ज्ञानेन्द्र मल्लले कप्तानी गरेको उक्त टिमले यो पटक धनगढी प्रिमियर लिग छोडेर पोखरा प्रिमियर लिगमा प्रवेश गरेको हो। ज्ञानेन्द्रनै काठमाडौँ गोल्डेन वारियर्स कप्तान रहेका छन्।

 

लिगको अन्य ५ वटा टिम भने उहीनै रहेका छन्। अघिल्लो सिजनको उपविजेता पारस खड्काले कप्तानी गर्ने चितवन राइनोज, दिपेन्द्र ऐरी कप्तान रहेको धनगढी ब्लुज, सोमपाल कामि कप्तान रहेको बुटवल ब्लास्टर्स, शरद भेसावकर कप्तान रहेको डिफेन्डिङ च्याम्पियन पोखरा पल्टन तथा प्रदिप ऐरी कप्तान रहने बिराटनगर टाईटन्स लिगमा सहभागी हुने अन्य ५ टिम हुन्।

यो पटक सन्दिप लामिछाने भने पीपीएलमा देखिनेछैनन्। अघिल्लो सिजन सन्दिप बिराटनगर टाईटन्सको कप्तानको रुपमा लिग खेलेका थिए। सन्दिप यो पटक बिग ब्यास लिग खेल्न अस्ट्रेलिया पुग्नेछन्। सन्दिपको सट्टा बिराटनगरले अर्का राष्ट्रिय क्रिकेटर प्रदिप ऐरीलाई टिमको कप्तान राखेको हो।

तस्बिर: सुदर्शन रंजित

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy