आर्मीद्वारा सुदूर पराजित

काठमाडौंं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ ।

टीयु मैदान कीर्तिपुरमा आर्मीले सुदूरलाई ९७ रनले पराजित गरेको हो ।

आर्मीले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको सुदूरले ४९ दशमलब १ ओभरमा अल आउट हुनु पुर्व १ सय ६५ रन बनायो ।

सुदूरका लागि किरण ठगुन्नाले ७४ बलमा ६८ रन बनाए । किरणले ६ चौका र ३ छक्का प्रहार गरेका थिए । शेर मल्लले ३८ बलमा २४ तथा नरेन भट्टले १८ रन बनाए ।

आर्मीका लागि जितेन्द्र मुखियाले ६ दशमलब १ ओभरमा १० रन खर्चिएर पाँच विकेट लिए । सोमपाल कामीले दुई तथा वसिर अहमद, कुशल मल्ल र साहव आलमले समान एक एक विकेट लिए ।

सुदूरका लागि टस जितेर ब्याटिङ रोजेको आर्मी ४८ दशमलब ३ ओभरमा २ सय ६२ रन बनाउँदै अल आउट भयो ।

आर्मीका लागि कुशल मल्लले ६७ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेले । मल्लले १० चौका र ३ छक्का प्रहार गरेका थिए । सन्दीप रजालीले ३१ बलमा ३७ तथा वसिर अहमदले ६३ बलमा ३६ रन बनाए । ओपनर सन्तोष कार्कीले २८ बलमा ३० रन बनाए ।

एक समय ८८ रन बनाउँदा ६ विकेट गुमाएर संकटमा पुगेको आर्मीका लागि वसिर अहमद र कुशल मल्लले १ सय १३ रनको शतकीय साझेदारी गरे ।

शाहब आलमले २५ बलमा २१ तथा सोमपाल कामीले ३४ बलमा ३१ रन बनाए ।

सुदूरका लागि भोजराजले भट्टले ९ दशमलब ३ ओभरमा ६३ रन खर्चिएर छ विकेट लिए । नरेन साउदले तीन विकेट लिए ।

आजको खेल जितेको आर्मीले फाइनल सम्भावना कायमै राखेको छ । सुदूरको पनि फाइनल सम्भावना भने कायमै छ ।





थप समाचार

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]

नेपाल पहिले ब्याटिङ गर्दै, करण बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान […]