आशिफको अर्धशतकमा नामिबियालाई १६९ रनको लक्ष्य

काठमाडौं । ओपनर आशिफ शेखको अर्धशतकको सहयोगमा नेपालले नामिबियालाई १ सय ६९ रनको लक्ष्य दिएको छ ।

टियु मैदान कीर्तिपुरमा जारी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलब १ ओभरमा अल आउट हुँदै १ सय ६८ रन बनायो ।

नेपालका लागि ओपनर आशिफ शेखले ६४ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेले । ५८ रन बनाउँदै आशिफ बेर्नाड स्कोट्जेको बलमा आउट भएका थिए । नेपालबाट ४८ औं ओडिआई खेलमा शेखले १२ औं अर्धशतक पूरा गरेका हुन् ।

आशिफले ५५ बलमा ८ चौका र १ छक्का सहित कीर्तिमानी अर्धशतक पूरा गरेका हुन् । आशिफ ओडिआईमा नेपालबाट सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । दोस्रो स्थानमा कप्तान रोहितकुमार पौडेल ९ अर्धशतकका साथ रहेका छन् । चौथो विकेटका लागि आसिफ र कुशल मल्लले ५७ रनको साझेदारी गरेका थिए ।

मल्लले ५२ बलमा ३६ रन बनाए । छैटौं विकेटका रुपमा आउट हुनुअघि मल्लले १ चौका र ३ छक्का प्रहार गरेका थिए । २७ औं ओभरको तेस्रो बलमा कप्तान ग्रेहार्ड इरास्मसको बलमा मल्ल आउट भए ।

भीम सार्कीले ३६ बलमा २६ रन बनाए । भीम ३५ ओभरको अन्तिम बलमा बेर्नाड स्कोट्जेको बलमा आउट भएका थिए ।

नेपालले पहिलो विकेटका रुपमा नेपालले सातौ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी बेर्नाड स्कोट्जेको बलमा १८ रन बनाउँदै आउट भएका थिए । एलबीडब्लु धरापमा परेका भुर्तेलले १६ बल खेलेका थिए ।

भुर्तेल आउट भएसँगै क्रिजमा उत्रिएका अनिलकुमार शाह शून्य रनमा नै आउट भए । उनले २ बलको सामना गरेका थिए । नेपालले तेस्रो विकेटका रुपमा आठौं ओभरको अन्तिम बलमा ज्याक ब्राससेलको बलमा आउट भए । शून्य रनमा आउट भएका खनाल विकेटकिपर जान ग्रिनको हातबाट क्याच आउट भएका थिए ।

पाँचौ विकेटका रुपमा कप्तान रोहितकुमार पौडेललाई नेपालले शून्य रनमा गुमायो । ९ बलको सामना गरेका पौडेल ओडिआई करियरमा पाँचौ पटक शून्य रनमा आउट भएका हुन् । कप्तान पौडेल जान निकोलको बलमा आउट भएका थिए ।

सातौं विकेटका रुपमा नेपालले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई गुमायो । दीपेन्द्र जान निकोलको बलमा स्टम्पिङ आउट भएका थिए । दीपेन्द्रले १८ बलमा ६ रन बनाए । सोही ओभरमा नै सोमपाल कामी पनि आउट भए ।

विश्वकप लिग टू को यस सिरिजको पहिलो खेलमा नामिबियासँग खेलेको नेपाल यस खेलमा पराजित भएको थियो । नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।

नेदरल्यान्ड्सले सोमबारको खेलमा नामिबियालाई पराजित गरेसँगै शीर्ष स्थानमा उक्लिएको नेपालले आजको खेल जितेर शीर्ष स्थानमा कायमै रहन चाहन्छ । अंक तालिकामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सको समान दुई अंक रहे पनि नेटरनरेटमा अघि रहेको नेपाल शीर्ष स्थानमा छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]