एपीएफले उपाधि जित्दा शरद र कृष्णको अल-राउण्ड प्रदर्शन

इनरुवामा सम्पन्न दोश्रो मेयर कप टि-२० प्रतियोगिताको उपाधि विभागीय टोलि एपीएफले जितेको छ। फाइनलमा उसले धनगढी क्रिकेट एकेडेमीलाई १५० रनको विशाल अन्तरले पराजित गर्यो।

उपाधि सहित एपीएफले २ लाख तथा उप-विजेता धनगढीले १ लाख रुपैयाँ प्राप्त गर्यो।

टस हारेर पहिले ब्याटिंग गर्दै एपिएफले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले लज्जास्पद ब्याटिंग गर्दै मात्र १०.३ ओभरमा ३७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

एपीएफको लागि बलिंगमा अफ स्पिनर शरद भेसावकरले सर्वाधिक ४ विकेट लिए। इर्साद एहमदले ३ तथा कृष्ण कार्कीले २ विकेट लिए। धनगढीको लागि लोकेस बमले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

Player of the match – Krishna Karki

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो। उसको लागि शंकर रानाले सर्वाधिक ४६ रन बनाए भने कृष्ण कार्कीले २९, शरद भेसावकरले २५, प्रदिप ऐरीले २०, सुमित महर्जनले १५ तथा आसिफ शेखले १० र बनाए। धनगढी बलर बिनोद लामाले सर्वाधिक ३ विकेट लिए भने महेस अधिकारी, भुवन कार्की, नारायण जोशीले समान १/१ विकेट लिए।

फाइनल खेलको प्लेयर अफ द म्याच एपीएफका कृष्ण कार्की चुनिए। यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडी धनगढी क्रिकेट एकेडेमीका देब्रे हाते स्पिनर बिनोद लामा चुनिए। यस्तै उत्कृस्ट बलर फुलबारी क्लबका सरोज बस्नेत तथा उत्कृस्ट ब्याट्सम्यान एपीएफका आसिफ शेख चुनिए। उदयमान खेलाडी फुलबारी क्रिकेट क्लबका राकेश सोनी चुनिए।

Runner Up – Dhangadhi Cricket Academy

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]