एमएम कप : गण्डकी बिरुद्ध मलेसियाको विशाल जित

इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह चरणको खेलहरु सकिएका छन्।

सोमबार इनरुवा रंगशालामा सम्पन्न समुह ‘डी’ अन्तर्गतको अन्तिम खेलमा मलेसियाले गण्डकी प्रदेशलाई १९२ रनको विशाल अन्तरले पराजित गर्यो। जित हात परेता पनि मलेसिया सेमीफाइनल पुग्न भने असफल रह्यो। समुह ‘डी’ अन्तर्गत यस अघिनै दुइ खेलमा जितको साथ सुदुर पश्चिम प्रदेश सेमीफाइनल प्रवेश गरिसकेको छ। गण्डकी प्रदेशले भने दुवै खेलमा हार बेहोर्यो।

खेलमा मलेसियाले दिएको २९९ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी प्रदेशले २७.२ ओभरमा १०६ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। स्कोरकार्ड 

गण्डकीको लागि बिपिन खत्रीले सर्वाधिक ४२ रन, प्रभिन ढकालले अविजित १९ रन तथा बिधान श्रेष्ठले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। मलेसियाको बलिंगमा सुहारिल फेटरिले सर्वाधिक ४ विकेट लिए भने अनवर रहमान र भिजय उन्नीले समान ३/३ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको मलेसियाले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर २९८ रनको योगफल तयार गरेको थियो।

मलेसियाको लागि ओपनर ऐनुल हकिमले सर्वाधिक ८९ रन बनाए जुन क्रममा १११ बलमा ११ चौका प्रहार गरे। यस्तै अर्का ओपनर भुषण सेभ र भिरनदिप सिंहले समान ५० रन बनाए। भुषणले ३४ बलमा ८ चौका र १ छक्का तथा भिरनदिपले ४५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै एहमद फैजले ३१, मोहम्मद अरिफले २०, मोहम्मद हफिजले १५ तथा नजरिल रहमानले १३ रन बनाए।

पहिलो विकेटको लागि भुषण र ऐनुलले ७८ रनको साझेदारी गरेका थिए। भुषणको विकेट पछि दोश्रो विकेटको लागि ऐनुल र कप्तान एहमद फैजले ७६ रनको साझेदारी गरे। फैजको विकेट पछि ऐनुलले भिरनदिप सिंहसंग ८० रनको साझेदारी गरेका थिए।

Ainool Haqqiem

गण्डकी प्रदेशको बलिंगमा देब्रे हाते स्पिनर बिपिन खत्रीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ५१ रन खर्चिए। चन्द्र कान्त पौडेलले २ तथा गोभिन्द प्रधानले १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत यस अघि समुह ‘डी’ अन्तर्गतको खेलमा मलेसियालाई सुदुरपश्चिमले ८ विकेटले पराजित गरेको थियो। यस्तै सुदुरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको थियो।

माघ १ गते हुने पहिलो सेमीफाइनलमा प्रदेश नम्बर ३ र त्रिभुवन आर्मी क्लबले तथा माघ २ गते हुने दोश्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब र सुदुरपश्चिमले प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]