एमएम कप : धमला र भुर्तेलको अर्धशतक, पुलिसद्वारा कर्णालीलाई विशाल लक्ष्य

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको खेल सुरु भएको छ। इनरुवा क्रिकेट मैदानमा जारि खेलमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन्।  यस अघि समुह ‘सी’ र समुह ‘ए’ को खेलहरु सम्पन्न भइसकेका छन् जसबाट प्रदेश-३ र त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन्।

खेलमा टस जितेर कर्णाली प्रदेशले बलिंग रोजेपछि ब्याटिंग गरेको नेपाल पुलिस क्लबले ४९.३ ओभरमा सबै विकेट गुमाएर ३४६ रन बनाएको छ।

पुलिसको लागि कुशल भुर्तेलले सर्वाधिक ७८ रन बनाए जुन क्रममा ४९ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। सुनिल धमलाले ७० रन बनाए जुन क्रममा ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरे। धमलाले ओपनर अमित श्रेष्ठसंग पहिलो विकेटको लागि ११ ओभरमा ६९ रनको साझेदारी गरेका थिए। अमितले २९ रन बनाए।

Sunil Dhamala

पुलिसका मध्यक्रमका ब्याट्सम्यानहरुले राम्रो सुरुवात गरे पनि ठुलो योगफल बनाउन सकेनन्। दिपेन्द्र ऐरी २५, अनिल साह ३६, दिलिप नाथ र पवन सर्राफ समान १५ रन, मन्जित श्रेष्ठ १८ रन बनाएर आउट भए। अनिल र पवन रन आउट हुन पुगे। यही बीचमा सुनिल धमला ३१ औं ओभरमा युनिश सिंहको बलमा विकेटकिपरबाट समातिन पुगे।

धमलाको विकेट पछि कुशल भुर्तेलले एक किनार सम्हाल्दै ३६ बलमा अर्धशतक पुरा गरेका थिए। तल्लो क्रममा ललित भण्डारीले २१ बलमा २ छक्का र १ चौका मदतले २७ रन बनाउदा पुलिसले विशाल योगफल बनायो।

Kushal Bhurtel

कर्णाली प्रदेशको बलिंगमा रविन्द्र जंग शाहीले सर्वाधिक ३ विकेट लिए। यस्तै युनिष सिंह र राज शाहले समान २/२ विकेट लिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]