ओमानलाई हराउँदै स्कटल्यान्ड शीर्षस्थानमा

काठमाडौं । स्कटल्यान्ड ओमानलाई पराजित गर्दै वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

स्कटल्यान्डले ओमानलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्यो ।

ओमानले दिएको १ सय ५१ रनको लक्ष्य स्कटल्यान्डले १३ दशमलब १ ओभरमा ३ विकेट मात्र गुमाएर पूरा गर्यो ।

स्कटल्यान्डको जितमा ब्रेन्डन म्याकमुलनले ३१ बलमा अविजित ६१ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर जर्ज मुन्सेले २० बलमा ४१ तथा माइकल जोन्सले १३ बलमा १६ रन बनाए ।

ओमानका लागि अकिव इल्यास, बिलाल खान र मेहरान खानले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

ओमानका लागि प्रतिक अथाभालले ४० बलमा ५४ तथा आयान खानले ३९ बलमा ४१ रन बनाए ।

स्कटल्यान्डका लागि सफियान सरिफले दुई तथा मार्क वाट, क्रिस शोल र क्रिस ग्रेभ्सले समान एक एक विकेट लिए ।

तीन खेलमा पाँच अंकका साथ स्कटल्यान्ड समूह बी को शीर्ष स्थानमा उक्लिएको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]