कोशीलाई हराउँदै लुम्बिनी शीर्ष स्थानमा

काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत शनिवार भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले सहज जित हात पारेको छ। प्रतियोगिताको तेस्रो जित पार्ने क्रममा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले पराजित गरेको हो। कोशी प्रदेशको भने यो दुई खेलमा लगातार दोस्रो हार हो।

शनिवारको दोस्रो खेलमा टस हारेर सुरुवातमा ब्याटिंग गर्ने निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन जोडेको थियो। लुम्बिनीको ब्याटिंगमा कप्तान देव खनालले २२ बलमा ४५ रन जोड्न बाहेक अन्य ब्याट्समेनले उल्लेखनिय योगदान गर्न सकेनन्।

यस्तै दिल्शाद अलिले १७ र कृष्ण कार्कीले अविजित १६ रन बनाएपनि लुम्बिनीले लगातार अन्तरालमा विकेट गुमाउंदा ठुलो स्कोर बनाउनबाट चुकेको थियो।

कोशीको बलिङ्गमा दिपेश कंडेलले २ विकेट लिएका थिए। यस्तै फिर्दोश अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, सर्वन यादव, सौजन घिमिरे र अंकित सुवेबी सबैले समान १/१ विकेट हात पारेका थिए।

जवाफमा १३९ रनको सामान्य लक्ष्य पछ्याउन मैदान उत्रिएको कोशी प्रदेशले ब्याटिंगमा पुनस् चिन्ताजनक प्रदर्शन गर्यो। एक समय ४०-७ को अवस्थामा रहेको कोशीका लागी सौजन घिमिरे र समिर कार्कीले ४१ रनको साझेदारी गरेपनि टोलीलाई जित दिलाउन सकेनन्। १९.४ ओभरमा अल आउट हुन अघि कोशी प्रदेशले ८८ रन मात्र जोड्न सक्यो।

कोशीका लागी समीर कार्कीले सर्वाधिक २३ रन, सौजन घिमिरेले १६ रन तथा अंकित सुवेदीले ११ रन जोड्न बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कोशीलाई कम योगफलमा रोक्ने क्रममा लुम्बिनीको बलिङ्ग तर्फ देव खनाल, नर सार्की र अविशेस गौतमले समान २र२ विकेट लिए। अल राउण्ड प्रदर्शन गरेका लुम्बिनीका कप्तान देव खनाल खेलको प्लेयर अफ दि म्याच घोषित भए।

यस अघि शनिवार नै भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले सहज जित हात पारेको थियो। दुई खेल खेलेको सुदुरपश्चिमले पहिलो जित दर्ता गर्नेक्रममा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।

मुलपानी मैदानमा टस जितेर फिल्डिंग गर्ने निर्णय लिएको सुदुरपश्चिम प्रदेशले लगातार अन्तरालमा विकेट प्राप्त गर्दा गण्डकी प्रदेशले ब्याटिंगमा साझेदारी बनाउन सकेन। १८.३ ओभरमा केवल ११७ रन जोड्दा गण्डकी प्रदेशले आफ्नो सवै विकेट गुमायो।

ब्याटिंग क्रममा शिर्ष ३ मा ब्याटिंग गरेका अर्जुन कुमाल, ईश्वर क्षेत्री र दिपक डुम्रेलाई सस्तैमा गुमाएको गण्डकी कुनै समय १९-३ को अवस्थामा पुगेको थियो।

गण्डकीको ब्याटिंगमा कप्तान विपिन खत्रीले अविजित १९ बलमा ३० रन तथा रोशन गौतमले २३ बलमा २८ रन बनाए। यस्तै करन पंगेनी र दिनेश बुढा मगरले समान १५र१५ रन बनाउन बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन्।

सुदुरपश्चिमको बलिङ्गमा नरेन भट्टले केवल १ रन खर्चिएर २ विकेट लिए। यस्तै नारायण जोशी र शेर मल्लले समेत समान २/२ विकेट लिए।

जवाफमा ११८ रनको सामान्य लक्ष्य सुदुरपश्चिम प्रदेशले १९ ओभरमा केवल १ विकेट गुमाएर पुरा गर्यो। सुदुरपश्चिमलाई सहज जित दिलाउने क्रममा खेलको प्लेयर अफ दि म्याच चुनिएका अविशेक पालले सर्वाधिक ४९ रन बनाए। यस्तै बसन्त कार्कीले अविजित ३७ र राजु रिजालले अविजित २९ रन बनाए।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]